back
CTIZAN AD

आगलागीबाट लाखौँ क्षति

वि.सं.२०७५ माघ २३ बुधवार

825 

shares

२३ माघ, जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–२ पेरे गाउँमा भेडाबाख्रा राख्ने गोठमा आगलागी हुँदा झण्डै नौ लाख बराबरको क्षति भएको छ ।

स्थानीय मयलाल कामीको भेडी गोठमा आगलागी हुँदा ९४ वटा भेडाबाख्रा मरेका छन् । प्रतिभेडाको सात हजार रुपैयाँका दरले छ लाख ५८ हजार र गोठभित्रका अन्य लत्ताकपडा र भाँडाकुडा गरी झण्डै नौ लाख क्षति भएको हो ।

गोठमा हुलेका सबै भेडाबाख्रा मरेको भेडा कृषक कैलो बुढाले बताउनुभयो । रातिको समयमा घरमा बालिएको आगो सल्केर भेडीगोठसम्म पुग्दा आगलागी भएको हुनसक्ने उनको भनाइ छ ।

बुढाका अनुसार ९० वटा भेडा र बिसे कामीका चार वटा भेडाबाख्रा आगोले जलेर मरेका हुन् । वनबाट चराएर ल्याएका भेडाबाख्रा गोठमा हुलेको अवस्थामा आगलागी हुँदा ती भेडाबाख्रा पूर्ण रुपमा जलेर मरेको पातारासी गाउँपालिका–२ का वडाध्यक्ष कन्न बोहराले बताए । मयलाल कामीको घरमा बालेको आगो सल्केको हुनसक्ने उनको भनाइ छ ।
बुढा र कामीका भेडाबाख्रा सधैँ एउटै गोठमा हुल्ने गरिएको थियो । भेडाबाख्रा पालन व्यवसाय गर्दै आएका किसानका सबै भेडाबाख्रा जलेपछि हातमुख जोड्न समस्या हुने पीडित किसान कैलो बुढाले गुनासो गरे । आयस्रोतको मुख्य आम्दानीका रुपमा पालिँदै आएका भेडा बाख्रा नष्ट हुँदा निकै ठूलो समस्यामा परेको उनको भनाइ छ ।

वि.सं.२०७५ माघ २३ बुधवार १२:३५ मा प्रकाशित

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...