back
CTIZAN AD

अमेरिकी राष्ट्रपति ट्रम्प बेलायत आउने

वि.सं.२०७५ माघ २४ बिहीवार

645 

shares

२४ माघ, लण्डन ।  अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत आउनुहुने अपेक्षा गरिएको छ ।

आउदो डिसेम्बरमा हुने नाटो शिखर सम्मेलनमा सहभागी हुनका लागि उनी बेलायत आउने भएको अधिकारीहरूले बताएका छन् ।

राष्ट्रपति भएपछिको पहिलो भ्रमण गत बर्षको जुलाईमा गर्दा उनी विरुद्ध व्यापक प्रदर्शन भएको थियो ।

नाटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बुधबार जारी गरेको वक्तव्यमा डिसेम्बरमा शिखर सम्मेलन गर्ने सहमती भएको उल्लेख गरिएको छ ।

सुरक्षा चुनौती र नाटोले मानिसलाई सुरक्षित राख्न कसरी सक्छ भन्ने बारेमा शीर्ष नेताहरू बीच छलफल हुने वक्तव्यमा लेखिएको छ ।

बेलायती प्रधानमन्त्रीको कार्यालयद्धारा बुधबार जारी गरिएको विज्ञप्तीमा प्रधानमन्त्री थेरेशा मेले सो सम्मेलनलाई ‘महत्वपूर्ण अवसर’को रूपमा लिइएको उल्लेख छ ।

विश्वको आधुनिकीकरणका लागि नाटोको शिखर सम्मेलन महत्वपूर्ण हुने उनको विश्वास छ। नाटोको इतिहासमा बेलायतले मुख्य भूमिका खेल्दै आएको छ ।

वि.सं.२०७५ माघ २४ बिहीवार ११:०० मा प्रकाशित

भारतमा आगलागी, ७ जनाको मृत्यु

भारतमा आगलागी, ७ जनाको मृत्यु

नयाँदिल्ली । भारतको मध्य प्रदेशको एउटा घरमा बुधबार आगलागी हुँदा...

ट्रम्पको चीन भ्रमण अन्योलमा

ट्रम्पको चीन भ्रमण अन्योलमा

बेइजिङ । मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच...

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...