back
CTIZAN AD

“राष्ट्रिय समस्या समाधान सरकारलाई अन्तिम अवसर’

वि.सं.२०७३ कात्तिक १३ शनिवार

750 

shares

१३ कात्रिक, काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गरी सरकारले मुलुकको राष्ट्रिय समस्या समाधान गर्ने अन्तिम अवसर भएको बताउनुभएको छ ।

राजधानीमा शुक्रबार आयोजित साक्षात्कारमासङ्घीय गठबन्धनका संयोजक समेत रहनुभएका यादवले आफ्ना माग सम्बोधनका लागि प्रधानमन्त्रीले छठसम्मको समयावधि दिएकाले त्यति बेलासम्म संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिइने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो– “हामीले सरकारलाई अल्टिमेटम दिएका छैनौँ, प्रधानमन्त्री स्वयम्ले नै संविधान संशोधनको लागि म्याद तोक्नुभा’छ, तर छठसम्म पनि उहाँले गर्नुभएन भने हामी गठबन्धनको बैठक बसेर यसबारे निर्णय गछौँ ।”

अध्यक्ष यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीबारे राजनीतिक दल अनायासै आतङ्कित भइरहेको र यसबारे सत्यतथ्य नबुझी गठबन्धनले निर्णय नगर्ने बताउनुभयो । “अख्तियार प्रमुख कार्कीविरुद्ध महाभियोगको प्रस्ताव किन र के उद्देश्यका लागि ल्याइएको भन्ने कुरामा हामीहरू अहिलेसम्म नै अनभिज्ञ छौँ, सत्य र तथ्य हेरिसकेपछि निर्णयमा पुग्छौँ, अहिले पक्ष वा विपक्ष कतैपट्टि पनि छैनौँ,”–उहाँले भन्नुभयो ।

अध्यक्ष यादवले महाभियोगको प्रस्ताव ल्याएर संविधान संशोधनको काम ओझेलमा पार्ने काम भइरहेको आरोप पनि लगाउनुभयो ।

वि.सं.२०७३ कात्तिक १३ शनिवार ०३:०९ मा प्रकाशित

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका...