back
CTIZAN AD

वैद्यखानाका औषधि आधुनिक शैलीमा उत्पादन गर्नुपर्ने

वि.सं.२०७३ कात्तिक १३ शनिवार

1.1K 

shares

१३ कात्तिक, काठमाडौँ । सिंहदरबार वैद्यखाना विकास समितिले उत्पादन गर्ने औषधिलाई आधुनिकतासँगै परिमार्जन गर्न नसक्दा बजारमा लोकप्रिय बनाउन सकिएको छैन ।

प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ८० प्रतिशत जनताले आयुर्वेद औषधिको प्रयोग गरे पनि वैद्यखानाले उत्पादन गर्ने औषधि भने बजारमा प्रतिस्पर्धा गर्न नसकेको स्वयम् वैद्यखानाका कर्मचारी बताउँछन् । वैद्यखाना विकास समितिको ‘बाइसौँ वार्षिकोत्सव एवम् धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस’ का अवसरमा शुक्रबार आयोजित कार्यक्रममा वक्ताले आयुर्वेद औषधिको प्रयोग र विस्तारका लागि नयाँ कार्यक्रममार्फत जानुपर्ने सुझाव दिनुभयो ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा किरण रेग्मी आयुर्वेद औषधिलाई वैकल्पिक औषधिको रुपमा मात्र नलिई मुख्य औषधिका रुपमा विकास गर्नुपर्ने बताउनुहुन्छ ।

आयुर्वेद विभागका महानिर्देशक डा वासुदेव उपाध्याय औषधि उत्पादन गरेर मात्र नहुने भएकाले त्यसलाई बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी नयाँ तरिकाबाट प्रस्तुत गर्नुपर्ने सुझाव दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीले ३७५ वर्षअघिदेखि औषधि उत्पादन गर्दै आएका छौँ तर अब पुरानै तरिका र प्याकेजमा उत्पादन गरेर अहिलेको बजारमा प्रतिस्पर्धा गर्न सकिन्न, हामीले अझै पनि दन्तमन्जनलाई धुलोमै उत्पादन गरेर हुँदैन, यसलाई पेस्टका रुपमा उत्पादन गरी बजार ल्याउन सक्नुपर्छ ।”

नेपाल आयुर्वेद चिकित्सक सङ्घका अध्यक्ष डा शङ्कर पौडेलले आयुर्वेद विकासका लागि नीति बन्न नसक्दा चाहे अनुसार विकास गर्न नसकिएकाले मन्त्रालयलाई यसका लागि पहल गर्न आग्रह गर्नुभयो ।

सबैका कुरा सुनिसकेपछि मन्त्री गगनकुमार थापाले आयुर्वेद नीतिका लागि आवश्यक पहल थाल्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले नेपालका जटीबुटीबारे अध्ययन हुनु आवश्यक भएको तथा उत्पादन र प्रयोग बढाउन सक्नुपर्ने बताउनुभयो ।

वार्षिकोत्सवका अवसर पारेर वैद्यखानाका कर्मचारी लालबहादुर श्रेष्ठ, शम्भुकुमार कुशवाह, अञ्जु अर्याल, पुरुषोत्तम पौडेल र सुलोचना थापालाई प्रमाणपत्र र नगदसहित सम्मान गरिएको थियो ।

वैद्यखानाले गत आवमा करिब रु तीन करोडको औषधि बिक्री गरेको छ । चालु आवमा यसलाई बढाएर रु पाँच करोड पु¥याउने लक्ष्य रहेको कार्यकारी प्रबन्ध निर्देशक डा राजेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।

वि.सं.२०७३ कात्तिक १३ शनिवार ०३:०७ मा प्रकाशित

भोलिदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो चरणमा आपतकालीन सवारीलाई मात्र अनुमति

भोलिदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो चरणमा आपतकालीन सवारीलाई मात्र अनुमति

काठमाडौं । नेपालकै पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा–सिस्नेखोला...

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी...

देश बनाउने स्वार्थमा एक भएर हातेमालो गर्न प्रवासी नेपालीसँग अर्थमन्त्रीको आग्रह

देश बनाउने स्वार्थमा एक भएर हातेमालो गर्न प्रवासी नेपालीसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालको...

चुच्चे नक्सासहितको नयाँ १ रुपैयाँको सिक्का स्वीकृत

चुच्चे नक्सासहितको नयाँ १ रुपैयाँको सिक्का स्वीकृत

काठमाडौं । नेपाल सरकारले नेपालको चुच्चे नक्सा र आकाश भैरवको...

उद्योगको बक्यौता छाडेर जनताको बिजुलीमा भ्याट थप्नु विरोधाभास : कुलमान घिसिङ

उद्योगको बक्यौता छाडेर जनताको बिजुलीमा भ्याट थप्नु विरोधाभास : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा उज्यालो...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी...