Logo
१३ आश्विन २०७९, बिहीबार
     Thu Sep 29 2022
E-paper
  English Edition
   Unicode
Logo

“राष्ट्रिय समस्या समाधान सरकारलाई अन्तिम अवसर’



१३ कात्रिक, काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गरी सरकारले मुलुकको राष्ट्रिय समस्या समाधान गर्ने अन्तिम अवसर भएको बताउनुभएको छ ।

राजधानीमा शुक्रबार आयोजित साक्षात्कारमासङ्घीय गठबन्धनका संयोजक समेत रहनुभएका यादवले आफ्ना माग सम्बोधनका लागि प्रधानमन्त्रीले छठसम्मको समयावधि दिएकाले त्यति बेलासम्म संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिइने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो– “हामीले सरकारलाई अल्टिमेटम दिएका छैनौँ, प्रधानमन्त्री स्वयम्ले नै संविधान संशोधनको लागि म्याद तोक्नुभा’छ, तर छठसम्म पनि उहाँले गर्नुभएन भने हामी गठबन्धनको बैठक बसेर यसबारे निर्णय गछौँ ।”

अध्यक्ष यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीबारे राजनीतिक दल अनायासै आतङ्कित भइरहेको र यसबारे सत्यतथ्य नबुझी गठबन्धनले निर्णय नगर्ने बताउनुभयो । “अख्तियार प्रमुख कार्कीविरुद्ध महाभियोगको प्रस्ताव किन र के उद्देश्यका लागि ल्याइएको भन्ने कुरामा हामीहरू अहिलेसम्म नै अनभिज्ञ छौँ, सत्य र तथ्य हेरिसकेपछि निर्णयमा पुग्छौँ, अहिले पक्ष वा विपक्ष कतैपट्टि पनि छैनौँ,”–उहाँले भन्नुभयो ।

अध्यक्ष यादवले महाभियोगको प्रस्ताव ल्याएर संविधान संशोधनको काम ओझेलमा पार्ने काम भइरहेको आरोप पनि लगाउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि असोज २८ गते आईपिओ निष्काशन गर्ने भएको

भरतपुर । निजी कम्पनीको भन्दा सस्तो र राम्रो भएकाले फाइबर इन्टरनेट प्रति ग्राहकको आकार्षण

काठमाडौं । दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैंकले बीमा बापतको रकम