Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

दुर्घटनामा शिक्षकको मृत्यु, पाँच घाइते



१३ कात्तिक, भोजपुर । धरानबाट धनकुटाको अखुवाटार हँुदै भोजपुर आइरहेको पिकअप भ्यान शुक्रबार साँझ दुर्घटना हुँदा भोजपुरका एक जना शिक्षकको मृत्यु भएको छ ।

पिकअप भ्यान सडकबाट करिब डेढ सय मिटर तल खस्दा सगरमाथा उच्च माध्यमिक विद्यालयका सह–प्रधानाध्यापक पृथिमान राईको घटनास्थलमै मृत्यु भएको स्थानीय विशाल राईले जानकारी दिनुभयो ।

दुर्घटनामा उहाँकी पत्नीसहित पाँच जना यात्रु घाइते भएका छन् । धरानमा उपचार गरेर घर फर्किने क्रममा शिक्षक राईको दुर्घटनामा मृत्यु भएपछि भोजपुर शोकमग्न भएको छ ।

भोजपुरको घोडेटार हुँदै हसनपुरबाट अरुण नदीसम्म कच्ची बाटो यसै वर्ष खनिएको हो । त्यहाँबाट अरुण नदी पारी धनकुटाको अखुवाटार हुँदै तमोरको मुलघाट निकालेर धरानसम्म जाने कच्ची बाटो पनि जोडिएको थियो । यही बाटोबाट आउने क्रममा सवारी दुर्घटनामा परेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ