back
CTIZAN AD

दुर्घटनामा शिक्षकको मृत्यु, पाँच घाइते

वि.सं.२०७३ कात्तिक १३ शनिवार

1.1K 

shares

१३ कात्तिक, भोजपुर । धरानबाट धनकुटाको अखुवाटार हँुदै भोजपुर आइरहेको पिकअप भ्यान शुक्रबार साँझ दुर्घटना हुँदा भोजपुरका एक जना शिक्षकको मृत्यु भएको छ ।

पिकअप भ्यान सडकबाट करिब डेढ सय मिटर तल खस्दा सगरमाथा उच्च माध्यमिक विद्यालयका सह–प्रधानाध्यापक पृथिमान राईको घटनास्थलमै मृत्यु भएको स्थानीय विशाल राईले जानकारी दिनुभयो ।

दुर्घटनामा उहाँकी पत्नीसहित पाँच जना यात्रु घाइते भएका छन् । धरानमा उपचार गरेर घर फर्किने क्रममा शिक्षक राईको दुर्घटनामा मृत्यु भएपछि भोजपुर शोकमग्न भएको छ ।

भोजपुरको घोडेटार हुँदै हसनपुरबाट अरुण नदीसम्म कच्ची बाटो यसै वर्ष खनिएको हो । त्यहाँबाट अरुण नदी पारी धनकुटाको अखुवाटार हुँदै तमोरको मुलघाट निकालेर धरानसम्म जाने कच्ची बाटो पनि जोडिएको थियो । यही बाटोबाट आउने क्रममा सवारी दुर्घटनामा परेको हो ।

वि.सं.२०७३ कात्तिक १३ शनिवार ०३:३२ मा प्रकाशित

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...