back
CTIZAN AD

हिरो गोल्डकप : उपाधिका लागि नेपाल–म्यान्मा भिड्दै

वि.सं.२०७५ फागुन ३ शुक्रवार

714 

shares

३ फागुन, काठमाडौ । भारतमा जारी हिरो गोल्डकप प्रतियोगिताको अन्तिम चरणको खेलमा आज नेपाल र म्यान्मा भिड्दै छन् ।

भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा हुने खेल नेपाली समय अनुसार साँझा ६ बजे शुरु हुनेछ । नेपालको राष्ट्रिय महिला फुटबल टोलीले आज विजयी भए पहिलो अन्तर्राष्ट्रिय उपाधि पाउनेछ ।

दक्षिण एशियाली फुटलबमा सधँै उपाधिका लागि तगारो बन्दै आएको भारतलाई समूहचरणमै पराजित गरेपछि नेपालले अन्तिम चरणमा म्यान्मालाई प्रतिद्वन्द्वी पाएको हो ।

समूह चरणको पहिलो खेलमा नेपाल म्यान्मारसँग ३–० गोल अन्तरले पराजित भएकामा पछिल्ला दुई खेलमा भने भारत र इरानलाई पराजित गर्दै अन्तिम चरणसम्ममा पुगेको थियो । म्यान्मा भने लिग चरणका सबै खेलमा विजयी बन्दै अन्तिम चरणमा पुगेको हो ।

विश्व बरियतामा नेपालभन्दा निकै माथि रहेको म्यान्मालाई हराउँदै महिला फुटबलको इतिहासमा उपाधि जित्ने अवसर नेपाली महिला टोलीलाई छ । फिफा बरियतामा नेपाल १०८ स्थानमा रहँदा म्यान्मा ४४ औँ स्थानमा रहेको छ ।

नेपालले सन् २०१०, २०१२, २०१४ को साफ महिला च्याम्पियनसिपको अन्तिम चरणमा भारतसँग पराजित भएको थियो । यस्तै सन् २०१० र २०१६ मा दक्षिण एशियाली खेलकूद सागमा पनि नेपाल भारतसँगै पराजित भएको थियो ।

नेपाल र म्यान्मा चार महिनायता तेस्रो पल्ट भिड्न लागेका हुन् । गत नोभेम्बरमा म्यान्माको राजधानी याङ्गुनमा भएको ओलम्पिक २०२० अन्तर्गत एशियाली छनोटको पहिलो चरणको भेटमा नेपालले म्यान्मालाई १–१ मा रोके पनि त्यसलाई नेपालले हिरो गोल्डकपको पहिलो खेलमा भने निरन्तरता दिन सकेन । अन्तिम चरणमा फेरि म्यान्मालाई रोक्ने प्रयास गर्ने प्रशिक्षक खड्काले बताए ।

“हामी अन्तिम चरणमा अलि रणनीति बदलेर खेल्नेछौं, हामीले पहिला गोल खाएनौँ भने जित्न सक्छौं किनभने शुरुमै गोल खायौं भने हाम्रा खेलाडीले सन्तुलन गुमाउने गरेका छन’’–प्रशिक्षक हरिख खड्काले भनेका छन् ।

वि.सं.२०७५ फागुन ३ शुक्रवार १३:०० मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...