back
CTIZAN AD

पहिलो गायत्री अश्वमेध महायज्ञ वीरगञ्जमा

वि.सं.२०७५ फागुन ३ शुक्रवार

882 

shares

३ फागुन, काठमाडौ । नेपालमै पहिलोपटक गायत्री अश्वमेध महायज्ञ फागुन १९ देखि २२ गतेसम्म वीरगञ्जमा आयोजना हुने भएको छ ।

महायज्ञ आयोजना गर्न मूल आयोजक समिति गठन गरिएको छ । धर्ती र वातावरणको शुद्धिका लागि महायज्ञ गर्न लागिएको मूल आयोजक समितिका सहसंयोजक डा राजु अधिकारीले बताए ।

‘शतपथ ब्राह्मण’ नामक ग्रन्थमा परिस्थिति र मनस्थितिलाई परिष्कृत गर्न अश्वमेध महायज्ञ गरिने उल्लेख छ ।

समितिका अध्यक्ष एवं गैर आवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष उपेन्द्र महतोले देशवासीलाई साहस तथा बल वृद्धि गरी राष्ट्रलाई समर्थ बनाउन महायज्ञ गर्न लागिएको जानकारी दिएका छन् । महायज्ञमा माटोको घोडा बनाएर सजाएर राखिने उनले सुनाए ।

वीरगञ्ज उपमहानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले महायज्ञमा पाँच लाख पर्यटक आउने अनुमान गरी तयारी भइरहेको बताए । ५६ हजार ४४४ जनाले महायज्ञमा आउन अनलाइनका माध्यमबाट नाम लेखाइसकेको जानकारी पनि उनले दिए ।

महायज्ञमा आउने ४० देशका पर्यटकलाई होटल, लज, धर्मशाला, टेण्टसहित वीरगञ्जवासीका घर घरमा राख्ने तयारी गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

आयोजक समितिका सहसंयोजक डा अधिकारीले नेपालमा आयोजना गरिएको पहिलो भए पनि आधुनिक कालको ४५औँ महायज्ञले नेपालीलाई अश्वशक्ति प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

स्थानीय गाईको घिउबाट गरिने यज्ञधुम्रलाई सेवन गरी धेरै रोगबाट मुक्तिका लागि यज्ञचिकित्साको प्रयोग गरिने उनले बताए । प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले इन्टरनेट र फेसबुकका कारण मानवीयता र अध्यात्म हराउन थालेकामा महायज्ञले पुनःस्थापना गर्न सहयोग गर्ने आशा गरिएको बताए ।

विश्व कल्याणका लागि महायज्ञ सफल बनाइनुपर्नेमा उहाँले जोड दिएका छन् । महायज्ञमा एकैपटक हजारौँ ब्राह्मणले अनुष्ठान गर्ने जनाइएको छ । कार्यक्रममा सहभागिताका लागि जात तथा लिङ्गका आधारमा विभेद गरिने छैन ।

वि.सं.२०७५ फागुन ३ शुक्रवार १३:०६ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...