back
CTIZAN AD

एनआरएनए अष्ट्रेलियाद्धारा नौ स्कुललाई आर्थिक सहयोग

वि.सं.२०७५ फागुन ३ शुक्रवार

738 

shares

३ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अष्ट्रेलियाले अक्षकोष निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।

संघको केन्द्रीय कार्यालयमा शुक्रबार एक कार्यक्रम आयोजना गरी उक्त रकम हस्तान्तरण गरिएको थियो ।

परोपकारी परियोजना अन्तर्गत न्यून आय भएका परिवारका जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्ने योजना अनुसार नेपालका ९ वटा जिल्लाका विद्यालयहरुमा एक अक्षयकोष खडा गर्नका लागि प्रत्येक विद्यालयलाई रु १ लाखका दरले सहयोग प्रदान गरिएको हो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टद्धारा रकम हस्तान्तरण गरिएको हो । अध्यक्ष भट्टले गैरआवासीय नेपाली संघले विभिन्न एनसिसिहरुको सहयोगमा नेपालको विविध क्षेत्रहरुमा परोपकारी तथा सामाजिक कार्यहरु गरिरहेको जानकारी दिएका थिए ।


अध्यक्ष भट्टले भविष्यमा संघले नेपाल र विदेशमा रहेका विद्यालयवीच समन्वय गराउनको लागि मितेरी विद्यालय अवधारणा ल्याउने बताउँदै पुनित कार्यमा सहयोग गर्ने एनसिसि अष्ट्रेलियाका कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु लगायत सहयोग गर्ने सबै प्रति आभार व्यक्त गरेका थिए ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का निवर्तमान युवा संयोजक विजय पोखरेलले कार्यक्रम सञ्चालन गरेका थिए ।


त्यस्तै सहयोग गरिएका विद्यालयहरुमा श्री दुर्गा मावि– ताप्लेजुङ, राष्ट्रिय प्राथमिक विद्यालय–सप्तरी, बच्छला मावि–नुवाकोट, मंडली मावि–धादिंग,जनज्योति मावि–लम्जुङ, प्रभात प्राथमिक विद्यालय–काश्की, श्री रारा आवासीय विद्यालय–बाँके, थिगेल्नी देवी आधारभूत विद्यालय–कालिकोट र चन्द्र नाथ प्राथमिक विद्यालय–बाजुरा रहेका छन् ।

सो अवसरमा ओसेनिया क्षेत्रका क्षेत्रीय उपसंयोजक लोक नाथ पौडेल, अष्ट्रेलियाबाट प्रतिनिधित्व गर्ने आइसिसि सदस्य उषाकिरण बारीया, अन्तर्राष्ट्रिय समन्वय परिषदका निवर्तमान युवा संयोजक विजय पोखरेल, एनसिसि रसीयाका अध्यक्ष रामेश्वर गौंतम, एनसिसि अष्ट्रेलियाका पूर्वअध्यक्ष महेन्द्र ओली, एनसिसि रसीयाका पूर्वउपाध्यक्ष सन्तोष केसी, एनसिसि जर्मनीका महासचिव टंक लम्साल, विद्यालका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७५ फागुन ३ शुक्रवार १६:३२ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...