back
CTIZAN AD

जाजरकोटमा मुटुरोगीको संख्या बढ्दो

वि.सं.२०७५ फागुन ४ शनिवार

738 

shares

४ फागुन, जाजरकोट । जाजरकोटमा मुटुरोगीको सङ्ख्या अत्यधिक देखिएको छ । जाजरकोट जिल्ला अस्पतालका मेडिकल अधिकृत भूपेन्द्रप्रकाश मल्लले हालै सञ्चालित एकदिने स्वास्थ्य शिविरमा आएका बिरामीमध्ये ४२ जनामा मुटुको समस्या देखिएकोे बताउनुभयो ।

सोे शिविरमा ८४२ जनाले मुटुको परीक्षण गराएका थिए भने ३ सय १० जनाले इको र ४५० जनाले इसिजी गराएका थिए । तीमध्ये एक सय जनामा मुटुसम्बन्धी कुनै न कुनै प्रकारको समस्या देखिएको थियो । भरपर्दो स्वास्थ्य सेवाको अभावमा जिल्लाका दुर्गम गाउँवासीले साधारण औषधि पनि पाइरहेका छैनन् ।

“एकैपटक यति धेरै बिरामी उपचारका लागि सिफारिश गरिएको यो नै पहिलो पटक हो”, डा. मल्लले भने “परीक्षणको अवस्था हेर्दा जाजरकोटका धेरै मानिसमा मुटुसम्बन्धी रोगको ठूलो समस्या रहेकोे छ ।”

जिल्ला अस्पतालले सिफारिश गरेका बिरामीहरूको निःशुल्क उपचार शहीद गङ्गालाल हृदयरोग केन्द्रमा गरिनेछ भने बिरामी र एकजना कुरुवालाई आउने जाने खर्चको व्यवस्था समेत मिलाइएको छ । सो खर्च जयन्ती स्मृति ट्रष्ट सम्मान फाउण्डेसनले ब्यहोर्ने जनाइएको छ ।

मुटुसम्बन्धी जटिल समस्या देखिएका २४ जनालाई थप उपचारका लागि काठमाडौँ सिफारिश गरिएको हो । चार जनाको भल्भ फेर्नुपर्ने, चारजनामा मुटुको बाथरोग, मुटुमा प्वाल परेका (युएसडी र एएसडी गरी) दस जना, पेसमेकर राखिएका एकजना, टीएमटी एक जना, एन्जियोग्राम दुई जना, पत्ता नलागेर थप परीक्षण गर्नुपर्ने दुई जना गरी २४ जनालाई सिफारिश गरिएको डा मल्लले जानकारी दिए ।

जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलका अनुसार उपचारमा पहुँच नभएका बिरामीका लागि शिविर निकै लाभदायी रहेको छ । जिल्ला सदरमुकाम आउन तीन दिन भन्दा बढी लाग्ने दुर्गमका स्थानीयवासीका लागि यो एक महत्वपूर्ण अवसर बन्न पुगेको थियो ।

आर्थिक अवस्था कमजोर भएका विरामीहरू उपचारका लागि जिल्ला बाहिर जान नसकी रोग बल्झिने र धेरैको ज्यान जाने गरेको अनुमान छ । तीमध्ये धेरै जना सडकको पहुँच र पोषिलो खानाको अभावसँगै धुवाँधुलोमा काम गर्छन् । सल्लाको दियालो बालेर दैनिक काम गर्ने र परम्परागत चुलोको प्रयोगले गर्दा मुटुमा समस्या देखिएको बताइन्छ ।

वि.सं.२०७५ फागुन ४ शनिवार १३:०७ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...