back
CTIZAN AD

अफगानिस्तानमा झडप, २४ घण्टामा ५० को मृत्यु

वि.सं.२०७५ फागुन ५ आइतवार

1K 

shares

५ फागुन, काबुल, अफगानिस्तान । अफगानिस्तानको विभिन्न स्थानमा भएको आक्रमणमा विगत २४ घण्टा यता भएका झडपका क्रममा कम्तीमा ५३ व्यक्तिको मृत्यु भएको अफगानी अधिकारीले शनिबार जनाएका छन् ।

तालिबान समूहले आश्रयस्थल बनाएर बसेको उत्तरी टाखर प्रान्तको दास्त–ए–क्वाला जिल्ला, कोन्हा बजारमा सरकारी सुरक्षा फौजले हेलिकोप्टरको सहायतामा गरेको आक्रमणमा शनिबार छ लडाकूको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको स्थानीय प्रहरी अधिकारी मोहम्मद नादिरले सिन्ह्वालाई बताएका छन् ।

त्यस्तै सुरक्षाकर्मीले उरुजगानमा शुक्रबार राति गरेको सुरक्षा कारबाहीमा २२ जना विद्रोही लडाकूको मृत्यु भएको र १६ जना घाइते भएको सुरक्षा अधिकारी जैनुल्लाहले बताए ।

यसैगरी उत्तरी सारी पुल प्रान्तको सायद जिल्लामा २३ विद्रोही लडाकूको मृत्यु भएको र २६ जना घाइते भएको उत्तरी क्षेत्रका प्रवक्ता मोहम्मद हनिफ रेजाइले बताएका छन् ।

तालिबान समूहले शनिबार समाचार तयार पार्दासम्म यी घटनाबारे कुनै औपचारिक प्रतिक्रिया जनाइसकेको छैन ।

दक्षिणी कान्दाहारमा तालिबान विद्रोहीको आक्रमणमा परी एक प्रहरीसहित एक सर्वसाधारणको मृत्यु भएको यहाँको प्रहरीले बताएको छ ।

वि.सं.२०७५ फागुन ५ आइतवार ११:०० मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...