back
CTIZAN AD

नेपालगन्जमा अन्तर्राष्ट्रिय स्तरको मुस्लिम धार्मिक प्रचवन कार्यक्रम

वि.सं.२०७५ फागुन ५ आइतवार

723 

shares

५ फागुन, बाँके । दाउते इस्लामी नेपालको आयोजना नेपालगन्जमा अन्तर्राष्ट्रिय स्तरको मुस्लिम धार्मिक प्रचवन कार्यक्रम जारी रहेको छ ।
दाउते इस्लामीका केन्द्रीय अध्यक्ष हाजी मौलाना इमरान अत्तारी शनिबार पाकिस्तानबाट नेपालगंज आएर सम्मेलनलाई सम्बोधन गर्नु भएको छ । कार्यक्रममा भारत, बगलादेश, यूएइ,यूएसए, पकिस्तान सहित दर्जनौ देशका धार्मिक ज्ञाताहरुले कार्यक्रमलाई सम्बोधन गरी रहनु भएको दाउते इस्लामी नेपालका अध्यक्ष रमजान अलि मियाले बताए ।

दाउते इस्लामीले आयोजना गरेको सम्मेलनले धार्मिक मात्रै हैन, यसले समाजमा मेलमिलाप र सदभाव अझै बढाउँछ भन्ने लागेको स्थानीय जियाउ हक हल्वाईले बताएका छन् ।
विश्वमा बढ्दै गइरहेको बेरोजगारी अमानवियता र अशान्तिविरुद्ध धार्मिक चिन्तनद्वारा विश्वमा भाइचारा, अमनचयन, शान्ति कायम गर्ने उद्देश्यले नेपालगंजमा दाउते इस्लामी नेपालले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलन सोमबार सामूहिक प्राथना सहित समापन हुने आयोजकले जनाएको छ ।
नेपालगंजमा जारी सम्मेलनलाई भव्यरुपमा सम्पन्न गर्न बाँके प्रहरीले सुरक्षा प्रदान गर्नुका साथै भारतबाट आएका दाउते इस्लामीका बिद्यार्थीहरुलाई जमुनहाबाट नेपालगंज आउनका लागि विगतका वर्ष भन्दा यस वर्ष प्रहरीले सहज वातावरण बनाएको आयोजकले जनाएको छ ।
सम्मेलन समापनका क्रममा दाउते इस्लामी नेपालममा अध्ययन गरेका बिद्यार्थीहरुलाई इस्लामीक उपाधी दाउते इस्लामीका केन्द्रीय अध्यक्ष हाजी मौलाना इमरान अत्तारीले प्रदान गर्ने नेपालका अध्यक्ष मियाले बताए । उपाधी पाउनेहरु अधिकाश नेपालका बिद्यार्थी नै भएको बताइएको छ ।

वि.सं.२०७५ फागुन ५ आइतवार ११:४६ मा प्रकाशित

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ  । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण...

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

बागमती । हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका–१८ स्थित गोरक्षतालको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...