back
CTIZAN AD

कृषकलाई हाते ट्याक्टर वितरण

वि.सं.२०७५ फागुन ६ सोमवार

1.5K 

shares

६ फागुन, गोरखा ।  गोरखा नगरपालिका गोरखाले नगर क्षेत्रभित्रका व्यावसायिक कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ ।

नगरपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी नगरभित्रका १३ वटा वडाका २८ जना कृषकलाई ट्याक्टर वितरण गरेको हो । चालू आर्थिक वर्षको कृषि औजार वितरण कार्यक्रम अन्र्तगत नगरक्षेत्रभित्र कृषि प्रणालीलाई यान्त्रिक र आधुनिकीकरण गर्ने उद्देश्यका साथ ट्याक्टर वितरण गरिएको नगरप्रमुख राजनराज पन्तले जानकारी दिएका छन् ।

नगरपालिकाले सार्वजनिक सूचनामार्फत सबै वडाका कृषकलाई निवेदनका लागि आह्वान गरी छनोटमा परेका कृषकलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर उपलब्ध गराएको उनको भनाइ छ । “हामीले निवेदन दिएका कृषक व्यावसायिक कृषक हो की होइन पुष्टी गरेर मात्र अनुदानमा ट्याक्टर उलपब्ध गराएका हौँ, नगर प्रमुख पन्तले भने, गैह्र किसानहरुले अनुदान लिन नपाओस भन्नेमा नगरपालिकाले सचेत भएर काम गरेको छ ।”

वितरण गरिएका २८ मध्ये ६ वटा कृषि समूह र २२ जना भने व्यावसायिक कृषक रहेको उनले बताए । कृषकलाई वितरण गरिएको ट्याक्टर ७।५ हर्जपावर क्षमताको रहेको र उक्त ट्याक्टरले प्रतिघण्टा रोपनीसम्म जमिन जोत्न सक्ने नगरपालिकाका प्रविधिक सहायक नवीन अधिकारीले जानकारी दिएका छन् ।
यसअघि जिल्ला कृषि विकास कार्यालय र कृषिजोनबाट अनुदान नपाएका कृषकलाई छनोट गरिएको नगरपालिकाले जनाएको छ । ट्याक्टर वितरण अघि अनुदान प्राप्त गर्न छनोटमा परेका सबै कृषकको बारेमा नै घरघरमा पुगेर वास्तविक किसान भए नभएको बारेमा जानकारीसमेत लिएको उनले बताए ।

नगरपालिकाले टेण्डर आह्वान गरेर कम दरमा उपलब्ध गराउने गरी मनकामना मिल मेशिनरी सप्लायर्सलाई ट्याक्टर खरिदको जिम्मेवारी दिएको थियो । सप्लार्यसले प्रति ट्याक्टर रु ५४ हजार ९ सय ५० मा नगरपालिकालाई ट्याक्टर उपलब्ध गराएको अधिकारीले बताए । कार्यक्रमअन्तर्गत नगरपालिकाले चालू आर्थिक वर्षका लागि रु १० लाख विनियोजन गरेको थियो ।

वि.सं.२०७५ फागुन ६ सोमवार ०९:४० मा प्रकाशित

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

२७ वर्षका विनोदले गाउँमै माछा पालेर बार्षिक २५ लाखसम्म आम्दानी गर्दछन् 

२७ वर्षका विनोदले गाउँमै माछा पालेर बार्षिक २५ लाखसम्म आम्दानी गर्दछन् 

घोडाघोडी (कैलाली), । गाउँका प्रायः युवा वैदेशिक रोजगारमा गए पनि...

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...