back
CTIZAN AD

ज्यामरुककोट पर्यटकको पर्खाइमा

वि.सं.२०७५ फागुन ६ सोमवार

954 

shares

६ फागुन, गलेश्वर । सातवटा हिमाल र ३० भन्दा बढी गाउँ आँखै अगाडि देख्नसकिने पर्यटकीय सम्भावनाले युक्त ज्यामरुककोट पर्यटकको पर्खाइमा रहेको छ ।
म्याग्दीको बेनी नगरपालिका–२ मा अवस्थित ज्यामरुककोटको कोटडाँडोबाट सात वटा हिमशृङ्खलाका साथै दर्जनौँ गाउँ, वनजङ्गल र नदीहरूको नागबेली दृश्य देख्न सकिन्छ ।
पर्यटकीय, जैविक र सांस्कृतिक सम्भावनाले युक्त ऐतिहासिक र पुरातात्विक स्थल ज्यामरुककोट प्रशस्तै प्राकृतिक सौन्दयले युक्त भएर पनि प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावमा ओझेलमा परेको छ ।
सदरमुकाम बेनीबजारदेखि करीब चार किलोमिटरको दूरीमा रहेको ज्यामरुककोटमा पर्यटकलाई आकर्षित गर्नसक्ने प्रशस्त सम्भावना रहेका छन् । ज्यामरुककोटको कोटडाँडोबाट धौलागिरी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ«ेलगायत सात वटाभन्दा बढी हिमशृङखलाको दृश्यावलोकन, धौलागिरी र गण्डकी क्षेत्रका ३० वटाभन्दा बढी गाउँ, सूर्योदय, ग्रामीण सौन्दर्य र सदरमुकाम बेनीबजारका साथै म्याग्दी नदी र कालीगण्डकीको नागबेली दृश्य देख्न सकिन्छ ।
त्यसका साथै यहाँ १७ औँ शताब्दीको धार्मिक र ऐतिहासिक स्थल खड्ग भवानी कोट, ऐतिहासिक राजकुवा, मल्लकालीन हातहतियारलगायत प्रशस्तै प्राकृतिक र ऐतिहासिक सम्पदाहरू रहेका स्थानीय अगुवा भीमबहादुर पौडेलले बताएका छन् ।
जिल्ला सदरमुकाम बेनीबजारदेखि नजिकै रहेको भए पनि सम्बन्धीत निकायले ध्यान दिन नसक्दा पश्चिम नेपालकै एक ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको महत्वपूर्ण स्थल गुमनाम रहेको स्थानीय युवा कृष्णप्रसाद शर्माले बताए ।

ज्यामरुककोटमा स्वास्थ्य शिविर हुने
म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुण्डेमा यही फागुन ११ गते विशेषज्ञ सेवासहितको बृहत् स्वास्थ्य शिविर आयोजना गरिनेभएको छ ।
म्याग्दी–पोखरा चौतारीको आयोजना, ज्यामरुककोट समाज नेपाल र बेनपा–२ को सहआयोजनामा हुन लागेको उक्त शिविरमा पोखराका ख्याती प्राप्त विशेषज्ञ चिकित्सकहरूद्वारा सेवा प्रदान गरिने बृहद् स्वास्थ्य शिविर आयोजक समितिका संयोजक एवम् म्याग्दी–पोखरा चौतारीका उपाध्यक्ष गोपाल घिमिरेले जानकारी दिएका छन् ।
स्वास्थ्य शिविर संयोजक घिमिरेले दिएको जानकारी अनुसार शिविरमा हाडजोर्नी तथा नशा रोगका विशेषज्ञ डा भरत खत्री, स्त्रीरोग विशेषज्ञ डा छममाया पुन, नाक, कान, घाँटीका विशेषज्ञ डा कृष्णचन्द्र रिजाललगायत फिजिसियनका विशेषज्ञ चिकित्सकद्वारा सेवा प्रदान गरिनेछ ।
पहिलो पटक आफ्नै घरदैलोमा विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य सेवा प्रदान गर्न लागिएकाले शिविरबाट लाभ लिन ज्यामरुककोट क्षेत्रका बासिन्दालाई आयोजकले आग्रह गरेको छ ।

वि.सं.२०७५ फागुन ६ सोमवार ११:५३ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...