back
CTIZAN AD

साइकलको भरमा परिवारको जोहो

वि.सं.२०७५ फागुन ७ मंगलवार

636 

shares

७ फागुन, भीमदत्तनगर । सीमावर्ती भारतीय बजारबाट सामान ढुवानी गरेर कञ्चनपुरका महिलाले घरको जीविका चलाउन थालेका छन् । घरको आर्थिक अवस्था दयनीय बनेपछि बाध्यताले यहाँ एकल तथा विपन्न महिलाले साइकलमा सामान ढुवानी गर्नु नियति नै बनेको छ ।

सीमावर्ती भारतीय बजार वनबासाबाट करीब २० किलोमिटर साइकलमा हिँडेर यिनीहरूले दैनिक डेढदेखि दुई क्विन्टलसम्म सामान बोकेर सदमुकाम भीमदत्तनगर सामान पु¥याउने गरेका छन् । सामान ढुवानीबाट महिला मजदुरलाई दैनिक रु २०० देखि ४०० सम्म आम्दानी हुने गरेको छ ।

आम्दानीबाट आफूहरुले परिवारको खर्च एवं बालबालिकाको पढाइ खर्च जुटाउने गरेको उनीहरूको भनाइ छ । कडा परिश्रमबाट आएको आम्दानीले दैनिक खर्च टार्नुपरेको वेदकोट नगरपालिकाकी जानकी रानाले बताए । “कहिलेकाहीँ भन्सार कर्मचारीले दुःख दिन्छन्”, रानाले भने, “सामान ढुवानी गरेर परिवार धान्नु हाम्रो बाध्यता हो ।”

त्यसैगरी भीमदत्तनगरपालिका–२ की अम्बरा बुढाथोकी पनि घरमा कमाउने कोही नभएपछि ‘क्यारिङ’ को काम शुरु गरेको बताए । विगत नौ वर्षदेखि घरखर्च धान्नकै लागि उहाँले सामान ढुवानी गर्दै आएको दुखेसो पोखेका थिए । कञ्चनपुरमा भारतीय सीमावर्तीबाट दैनिक ४० भन्दा बढी महिलाले सामान ढुवानी गरेर जीविका चलाउँदै आएका छन् ।

वि.सं.२०७५ फागुन ७ मंगलवार ०९:४१ मा प्रकाशित

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...