back

साइकलको भरमा परिवारको जोहो

वि.सं.२०७५ फागुन ७ मंगलवार

321 

shares
GLOBAL IME AD
NTC AD

७ फागुन, भीमदत्तनगर । सीमावर्ती भारतीय बजारबाट सामान ढुवानी गरेर कञ्चनपुरका महिलाले घरको जीविका चलाउन थालेका छन् । घरको आर्थिक अवस्था दयनीय बनेपछि बाध्यताले यहाँ एकल तथा विपन्न महिलाले साइकलमा सामान ढुवानी गर्नु नियति नै बनेको छ ।

सीमावर्ती भारतीय बजार वनबासाबाट करीब २० किलोमिटर साइकलमा हिँडेर यिनीहरूले दैनिक डेढदेखि दुई क्विन्टलसम्म सामान बोकेर सदमुकाम भीमदत्तनगर सामान पु¥याउने गरेका छन् । सामान ढुवानीबाट महिला मजदुरलाई दैनिक रु २०० देखि ४०० सम्म आम्दानी हुने गरेको छ ।

आम्दानीबाट आफूहरुले परिवारको खर्च एवं बालबालिकाको पढाइ खर्च जुटाउने गरेको उनीहरूको भनाइ छ । कडा परिश्रमबाट आएको आम्दानीले दैनिक खर्च टार्नुपरेको वेदकोट नगरपालिकाकी जानकी रानाले बताए । “कहिलेकाहीँ भन्सार कर्मचारीले दुःख दिन्छन्”, रानाले भने, “सामान ढुवानी गरेर परिवार धान्नु हाम्रो बाध्यता हो ।”

त्यसैगरी भीमदत्तनगरपालिका–२ की अम्बरा बुढाथोकी पनि घरमा कमाउने कोही नभएपछि ‘क्यारिङ’ को काम शुरु गरेको बताए । विगत नौ वर्षदेखि घरखर्च धान्नकै लागि उहाँले सामान ढुवानी गर्दै आएको दुखेसो पोखेका थिए । कञ्चनपुरमा भारतीय सीमावर्तीबाट दैनिक ४० भन्दा बढी महिलाले सामान ढुवानी गरेर जीविका चलाउँदै आएका छन् ।

वि.सं.२०७५ फागुन ७ मंगलवार ०९:४१ मा प्रकाशित

सगरमाथा क्षेत्रमा एकैदिन सात सय पर्यटकको आगमन

सगरमाथा क्षेत्रमा एकैदिन सात सय पर्यटकको आगमन

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ...

खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

गण्डकी । पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल सङ्घ पोखराले...

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित परिवारलाई मुआब्जा वितरण

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित परिवारलाई मुआब्जा वितरण

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित...

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले बजारबाट पेटसमबन्धी समस्या निको पार्ने...

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा कुपोषणको समस्या...

गाउँपालिकाका कर्मचारी मृत फेला

गाउँपालिकाका कर्मचारी मृत फेला

खोटाङ । रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत भेटिएका...