back
CTIZAN AD

सुदूरपश्चिमका ३२ ठाउँमा खेलमैदान निर्माण हुने

वि.सं.२०७५ फागुन ८ बुधवार

636 

shares

८ फागुन अछाम । सुदूरपश्चिम प्रदेशका ३२ स्थानमा खेलमैदान निर्माण तथा सुधार गरिने भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्रका ३२ वटै स्थानमा खेलमैदान निर्माण एवं सुधार कार्यक्रम अन्तर्गत निर्माण तथा सुधार गरिने भएको हो ।

खेलमैदान निर्माणका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा रु छ करोड ४० लाख विनियोजन गरेको छ । एउटा खेलमैदानका लागि रु २० लाखका दरले बजेट विनियोजन गरिएको सामाजिक विकास मन्त्रालयको युवा तथा खेलकूद महाशाखाका उपसचिव किसानराज चिलुवालले जानकारी दिएका छन् ।
चालू आर्थिक वर्षको असार मसान्तसम्म खेलमैदान निर्माणकार्य सम्पन्न गरिसक्नु पर्नेछ । सुदूरपश्चिम प्रदेशका ३२ स्थानमध्ये कैलालीमा १०, कञ्चनपुरमा छ, अछाममा चार, बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, बझाङ र बाजुरामा दुई÷दुई खेलमैदान बन्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ । अछामका चार ठाउँमा खेलमैदान निर्माण तथा सुधार हुने भएको छ । जिल्लाका चार प्रदेश निर्वाचन क्षेत्रमा खेलमैदान निर्माण तथा सुधार हुने भएको छ । चार प्रदेशसभा निर्वाचन क्षेत्रमा खेलमैदान निर्माण तथा सुधार हुने जानकारी आफुहरुले पाएको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख हर्कबहादुर साउदले जानकारी दिएका थिए ।

उनले निर्वाचन क्षेत्र नं १ को प्र्रदेशसभा १ मा बडासैन खेलमैदान रिडीकोट–२ को थालाकोट खेलमैदान कालिका तथा क्षेत्र नं २ को प्रदेशसभा २ मा मालिका रङ्गशालाको स्तरोन्नतिमा बजेट खर्च हुने प्रवल सम्भावना रहेको बताएका थिए । क्षेत्र नं २ को प्रेशसभा १ मा नयाँ मैदानका लागि पनि खर्च हुनसक्नेछ । सामाजिक विकास मन्त्रालयबाट आधिकारिक जानकारी नआएकाले खेलमैदान निर्माण, सुधार तथा कुन स्थानमा हुने भन्नेबारे आधिकारिक छलफल नभएको जिल्ला खेलकूद विकास समितिले जनाएको छ ।

वि.सं.२०७५ फागुन ८ बुधवार ११:१० मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...