back

नेपाली कांग्रेसद्धारा बिचल्ली परेका नेपाली विद्यार्थीको उद्धार गर्न आग्रह

वि.सं.२०७५ फागुन ८ बुधवार

396 

shares
GLOBAL IME AD
NTC AD

८ फागुन, काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अष्ट्रेलियामा अध्ययन गर्न जाँदा बिचल्लीमा परेका एक हजारभन्दा बढी नेपाली विद्यार्थीको उद्धार एवं उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत बिचल्लीमा परेका विद्यार्थीका साथै अष्ट्रेलियास्थित काङ्ग्रेस निकट नेपाली जनसम्पर्क समितिलाई तत्काल यसबारे थप सूचना लिन र आवश्यक समवन्य गर्न केन्द्रीय कार्यालयका तर्फबाट निर्देशन गरिसकिएको जनाएका छन् ।

“हजारौँ नेपाली विद्यार्थीले अष्ट्रेलियाबाट निरन्तर उच्च शिक्षा हासिल गरिरहेका छन् र त्यसप्रति हामी अनुगृहित पनि छौँ तर स्थानीय एक शैक्षिक प्रतिष्ठानले विधिवत दर्ता र सम्बन्धनबेगर विद्यार्थी भर्ना लिएर हजारौँको भविष्य अन्योलमा पु¥याएको र नर्सिङ अध्ययन गर्न गएका हाम्रा नेपाली विद्यार्थीसमेतले मार्मिक चोट भोग्नु परेको सार्वजनिक विवरणले अभिभावकसँगै हामीलाई पनि मर्माहत तुल्याएको छ” विज्ञप्तिमा उल्लेख छ ।
दर्ता नभएको क्याम्पसमा विद्यार्थी पठाउने परामर्शदाताबारे आवश्यक विवरण सङ्कलन गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाउन समेत कांग्रेसले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

वि.सं.२०७५ फागुन ८ बुधवार १३:२७ मा प्रकाशित

सरकारी कर्मचारीहरूको दोहोरो सुविधा कटौती गरिँदै

सरकारी कर्मचारीहरूको दोहोरो सुविधा कटौती गरिँदै

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारी कर्मचारीहरूले पेन्सन...

राजस्व बढ्ने आधार नभएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव

राजस्व बढ्ने आधार नभएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि स्रोतको...

रविको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

रविको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्चमा...

कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

काँक्रेविहार (सुर्खेत) । कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको...

बलेरो आगलागीमा परेर निधन भएका र घाइतेको पहिचान

बलेरो आगलागीमा परेर निधन भएका र घाइतेको पहिचान

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको...

बुलेरो गाडीमा आगलागी हुँदा चार जनाको मृत्यु, दुई घाइते

बुलेरो गाडीमा आगलागी हुँदा चार जनाको मृत्यु, दुई घाइते

दिलकुमार लिम्बू र सन्तोष पुर्कुटी/फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट...