back
CTIZAN AD

कालिका मन्दिरमा विवाहमा कडाइ : गैरकानुनी जोडीलाई फिर्ता पठाउने

वि.सं.२०७५ फागुन ८ बुधवार

723 

shares

८ फागुन, बलेवा ।  प्रसिद्ध बागलुङ कालिका भगवतीको मन्दिरमा विवाहका लागि जाँदै हुनुहुन्छ भने ख्याल गर्नुहोस कानूनले तोकेभन्दा कम उमेरका युवाका लागि यहाँ विवाह गर्ने ठाउँ छैन । नेपालको कानूनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न बन्देज लगाएपछि बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले पनि कानूनले तोकेभन्दा कम उमेरकालाई विवाहका लागि मन्दिरमा नआउन आग्रह गरेको हो ।

कानूनको उल्लङ्घन हुने गरी मन्दिरमा विवाह गर्दा जुनसुकै सङ्कट आइलाग्न सक्ने भन्दै गुठीले मन्दिरमा नआउन आग्रह गरेको हो । “उमेर नपुगी विवाह गर्नेहरुलाई मन्दिरमा आएर विवाह नगर्दिनुस भनेका छौँ’ गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले भने, “राज्यले बनाएको कानून परिपालना गराउनु र पालन गर्नु हाम्रो दायित्व हो ।”

गुठीले कानूनले तोके अनुसारको केटा र केटीको उमेरको फरक पनि २० वर्षभन्दा बढी भएमा विवाहका लागि मन्दिरमा नआउन आग्रह गरेको छ । गुठीले पछिल्लो समय केटाकेटी मात्रै मन्दिरमा आएर विवाह गर्ने गरेकोप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ ।

“केटाकेटी मात्रै मन्दिरमा आएर विवाह गर्दा कस्तो अवस्थामा आएका हुन् भन्ने थाहै हुँदैन”, खड्काले भने, “कहिलेकाहीँ जबरजस्ती विवाह पनि भएको हुनसक्छ, त्यसका कारण पछि पर्ने समस्याका बारेमा हामी सचेत हुनैपर्छ ।”

उनले अभिभावक वा कोही आफन्त र साथीभाइ लिएर मात्रै विवाहका लागि मन्दिरमा आउन आग्रह गरिएको बताए । “हामीले आग्रह मात्रै गरेका छौँ, मन्दिरमा सूचना टाँस पनि गरेका छौँ, नमान्नेलाई कारवाही गर्ने अधिकार त हामीसँग छैन तर पवित्र स्थानमा पवित्र मन लिएर नै आउनुहुन्छ भन्ने आशा राखेका छौँ”, खड्काले भने ।

वर्षमा झण्डै ६०० विवाह हुने मन्दिरमा लगनको महीनामा दैनिक १८ देखि २५ सम्म विवाह हुने गरेका छन् । विवाह लगन नभएका महीनामा पनि मन्दिरमा विवाहका लागि आउने गरेको गुठीले जनाएको छ । एउटा विवाह सम्पन्न गर्दा रु ५०० शुल्क लिने गरेको गुठी व्यवस्थापन समितिले विवाह शुल्कबाट उठेको रकमले आवश्यक पूर्वाधार निर्माण गर्ने गरेको छ ।

मन्दिर परिसरमा विवाहका लागि मण्डपसमेत व्यवस्था गरिएको छ । सरकारले घोषणा गरेको पुग्नैपर्ने १०० गन्तव्यमध्ये स्थापित गन्तव्यमा समावेश भएको कालिका भगवती मन्दिरमा विवाह, व्रतबन्ध र अन्य पूजापाठका लागि समेत दैनिक भक्तालु आउने गरेका छन् । नवदुर्गा पूजाको समयमा यहाँ भक्तालुको भीड नै लाग्ने गरेको छ भने अन्य समयमा दैनिक सरदरमा ५०० देखि एक हजारसम्म भक्तालु आउने गरेको गुठीको सचिवालयले जनाएको छ ।

वि.सं.२०७५ फागुन ८ बुधवार १३:१७ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...