back
CTIZAN AD

डोटीमा सुरक्षित गर्भपतन सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि

वि.सं.२०७५ फागुन ८ बुधवार

852 

shares

८ फागुन, डोटी ।  चालू आर्थिक वर्षमा जिल्लामा सुरक्षित गर्भपतन सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि भएको छ ।

नेपाल सरकारबाट सुरक्षित गर्भपतनको सेवा निःशुल्क दिइने भएपछि सो सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि भएको स्वास्थ्यकर्मी बताउँछन् । डोटीमा सात महीनाको अवधिमा ३६२ महिलाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्ला अस्पतालले जनाएको छ ।

आव २०७५-०७६ को साउनदेखि माघसम्म ३६२ महिलाले उक्त सेवा लिएका छन् । सोमध्ये २० वर्षभन्दा कम उमेर समूहका ४७ र त्योभन्दा माथिका ३१५ रहेका छन् । जिल्ला अस्पातलका अनुसार गत आवमा भन्दा चालू आवमा उक्त सङ्ख्यामा तुलनात्मक रुपले वृद्धि भएको छ ।
विगतमा सुरक्षित गर्भपतन सेवा आधिकारिक तथा निःशुल्क नभएकाले स्वास्थ्य कार्यालयमा जम्मा सङ्ख्या रेकर्ड नभएको अस्पतालका नर्स गौरी शाहीले बताए । यहाँ हाल जिल्ला अस्पतालसहित विभिन्न निजी अस्पतालसहित १७ स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा उपलब्ध गराइँदै आएको छ ।

सवारीसाधन सञ्चालनमा समस्या

जिल्लाका ग्रामीण क्षेत्रमा परेको लगातारको वर्षाले गाउँका कच्ची सडकमा सवारीसाधन सञ्चालनमा समस्या भएको छ । वर्षात्ले सडक हिलाम्य हुँदा सवारीसाधन सञ्चालनमा समस्या हुन थालेको शैलेश्वरी यातायात व्यवसायी समिति दिपायलका कार्यालय प्रमुख हर्क महराले जानकारी दिए। जिल्लाको वाइल, बोगटान, मौवा–मेल्लेक, बुडर–जोरायल, मुडभारा, नारीदाङलगायतका सडकमा सवारीसाधन चलाउन निकै समस्या हुने गरेको जिप चालक मदन कामीले बताए ।
केही दिन यतादेखि जिल्लाभरिमा फेरि वर्षा भएपछि गाउँका सडक अवरुद्ध हुन थालेका छन् । वर्षातले गाउँका सडक हिलाम्मे तथा चिप्लो भएका कारण गाउँमा गाडी जान बन्द हुन थालेपछि यहाँका स्थानीयलाई जिल्ला सदरमुकाम आवतजावत गर्नमा समस्या हुन थालेको बोगटान गाउँपालिका–२ का बासिन्दा महेन्द्र बमले बताएका थिए ।

वि.सं.२०७५ फागुन ८ बुधवार १३:०६ मा प्रकाशित

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...