back
CTIZAN AD

बीउ उत्पादनमा व्यावसायिक बन्दै गुल्मीका किसान

वि.सं.२०७५ फागुन ८ बुधवार

771 

shares

 

८ फागुन, तम्घास । गुल्मीमा मकै जोन कार्यक्रम लागू भएसँगै आजभोलि यहाँका किसान बीउ उत्पादनमा व्यावसायिक हुँदै जान थालेका छन् ।
गतवर्ष प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले बीउ उत्पादनमा सहयोग गरेका कृषक समूह सहकारीबाट यसवर्ष बीउ उत्पादन गरी बीउको बजारीकरणमा छन् । परियोजनाका अनुसार यसवर्ष जम्मा ४३ मेट्रिकटन मकैको अरुण २, रामपुर कम्पोजिट, मन ३, मन ६ लगायतका जातको कारोवार भएको परियोजनाको मकै जोनका प्रमुख कुलप्रसाद दवाडीले बताए ।

मकै जोनको सहयोगमा खेतमा अरुण २ तथा बारी क्षेत्रमा मनकामना ३, मनकामना ५ र मनकामना ६, देउति लगायतका जातको बीउ वृद्धि भइरहेको छ । इश्मा गाउँपालिका–६ अन्तर्गत अमरपुरमा रहेको दिपज्योति बहुउद्देश्शीय कृषक समूहका अध्यक्ष कृष्णप्रसाद घिमिरेका अनुसार यसवर्ष मात्र १० मेट्रिक टन अरुण २ को प्रमाणितस्तरको बीउको कारोवार भएको र त्यसबाट समूहमा करीब रु ६ लाख ५० हजार बराबरको आम्दानी भएको छ ।

त्यसैगरी मदाने गाउँपालिका– ६ पुर्कोटदहका ६ कृषक सहकारीबाट यसवर्ष करीब २५ मेट्रिक टन मनकामना ३, मनकामना ५ र मनकामना ६ जातका मकैको बीउको कारोवार भएको स्थानीय कृषक लोकबहादुर कुँवरले बताए ।

मकै जोन कार्यक्रम कार्यान्वयन पश्चात स्रोत बीउमा अनुदान, बीउबालीको फिल्डनिरीक्षण, बीउ प्रशोधन एवँ भण्डारणका लागि प्रशोधन मेसिनरी, भण्डारण गृहलगायतमा अनुदान सहयोगका कारण स्थानीय कृषकलाई उक्त सफलता मिलेको हो ।

बीउ उत्पादनका लागि पूर्वाधार विकास भएका कारण खयन मकैको तुलनामा दोब्बर मूल्य किसानले बीउबाट प्राप्त हुनेहुँदा आगामी वर्ष त्यस क्षेत्रका ११ कृषक समूह बीउ उत्पादन गर्ने योजनामा छन् । मकै जोन गुल्मीले बीउ उत्पादनलाई व्यावसायीकरण गर्न स्रोत बीउमा अनुदान, बाली निरीक्षण, बीउ प्रमाणिकरण, बीउ प्रशोधन तथा भण्डारण गृह निर्माण जस्ता पूर्वाधारमा सहयोग गर्ने गरेको परियोजना प्रमुख दवाडीले बताए ।

यस आर्थिक वर्षमा मात्र परियोजनाले यान्त्रिकरणमा सहयोग पु¥याउने उद्देश्य अनुरुप जमीन जोत्नेदेखि मकै छोडाउने मेसिनसहितको सेट रहने गरी करीब २० कृषक समुह र सहकारीमा मेसिनरी आंैजारसमेत उपलब्ध गराइसकेको छ ।

 

वि.सं.२०७५ फागुन ८ बुधवार १६:५४ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...