
९ फागुन, काठमाडौं । संसारा रेमिटले खाडी राष्ट्रमा आफ्नो सेवालाई विस्तार गर्ने क्रममा कतारको रेमिट्यान्स कम्पनी नेशनल एक्सचेन्जबीच विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता गरेको छ ।
संसारा रेमिटका व्यवसाय प्रवन्धक सुरज क्षेत्री र नेशनल एक्सचेन्जका महाप्रबन्धक मोहमद मुस्तफाले उक्त सम्झौतामा हस्ताक्षर गरेको बताइएको छ ।
नेशनल एक्सचेन्जका प्रमुख संचालक साईद अलिको समेत उपस्थिति रहेको उक्त हस्ताक्षर कार्यक्रममा नेशनल एक्सचेन्जका महाप्रवन्धक मुस्ताफाले सम्सारा रेमिटले कतारमा आफ्नो छुट्टै पहिचान बनाइसकेको बताउँदैं दुई कम्पनीबीच भएको सम्झौताले सेवाग्राहीलाई राम्रो सेवा दिन सकिने बताए ।
यस सम्झौता अनुसार कतारमा रहेका नेपालीहरुले आफूले कमाएको रकम नेशनल एक्सचेन्जको ५ वटा शाखाबाट सजिलै नेपाल पठाउन सक्ने र संसारा रेमिटका ५५ सय भन्दा बढी सब एजेन्टमार्फत नगद भुक्तानी लिन सकिने बताइएको छ ।

र रकम लिने व्यक्तिको नेपालमा कुनै पनि बैक तथा वित्तिय संस्थाहरुमा रहेको खातामा रकम जम्मा गराइदिने समेत व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
२०६३ सालमा स्थापान भएको संसारा रेमिटले संसारका सबैजसो देशहरुमा कार्यरत नेपाली कामदारहरुले कमाएको रकम रेमिट्यान्सका रुपमा स्वदेश भित्राउँदै आएको छ ।
वि.सं.२०७५ फागुन ९ बिहीवार १६:४८ मा प्रकाशित




























