
८ फागुन, काठमाडौं । स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडको अध्यक्षमा देबीप्रकाश भट्टचन चयन भएका छन् ।
कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचनलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो ।
स्मार्ट च्वाईस टेक्नोलोजिजले बैंकिङ टेक्नोलोजिको क्षेत्रमा एससिटी कार्ड मार्फत भुक्तानी सम्बन्धि कार्य गर्ने पहिलो राष्ट्रिय संस्थाको रुपमा सन् २००३ देखि काम गर्दै आएको छ ।
हाल यो संस्थामा १० वाणिज्य बैंकहरु सहित ७० भन्दा बढी बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाहरु आवद्घ रहेका छन् । अन्तर्राष्ट्रिय नेटवर्क चाईना युनिअन पे सँग सहकार्य गरी कोब्रान्डेड आधुनिक चिपमा आधारित डेबिट कार्ड समेत जारी गरेको छ । यस्तो डेबिट कार्ड नेपाल अधिराज्यभर र भारतमा पनि सजिलै प्रयोग गर्न सकिने बताइएको छ ।
वि.सं.२०७५ फागुन ९ बिहीवार १६:५३ मा प्रकाशित