
९ फागुन, काठमाडौं । संघीय संसदको राज्य व्यवस्था समितिकी सभापति शसी श्रेष्ठले नागरिकता विधेयकमा राष्ट्रघात हुन नदिने बताएकी छन् ।
पुष्पलाल अध्ययन समाजद्धारा प्रस्तावित नागरिकता विधेयक स्थगन अनुरोध सम्बन्धी ज्ञापनपत्र बुझ्दै सभापति श्रेष्ठले लिंगिय विषयलाई संवेदनशील रुपमा हेर्नुपर्नेमा जोड दिइन् ।
सो अवसरमा समाजका अध्यक्ष लोककृष्ण भट्टराईले सो विधेयक स्थगन गर्न अनुरोध गर्दै राष्ट्रघात हुन नदिन सभापति सक्रिय हुुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा राष्ट्रियताका अभियन्ता साध्य बहादुर भण्डारी, सुर्यनाथ उपाध्याय, समाजका उपाध्यक्ष राम बहादुर भण्डारी, वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्की, रविनारायण खनाल, हरिहर खरेल, सीमाविद् हेमन्त सेढाइ लगायतका सहभागीहरुले कुनै हालतमा विधेयक स्थगन गर्न माग गरेका थिए ।
स्मरण रहोस् समाजले यसअघि सभामुख, पूर्वप्रधानमन्त्रीहरु, गृहमन्त्री, विपक्षी दलका नेता समेतलाई ज्ञापनपत्र सहित अनुरोध गर्दै आएको छ ।
वि.सं.२०७५ फागुन ९ बिहीवार १७:३६ मा प्रकाशित






























