back
CTIZAN AD

फ्रान्समा फ्लुका कारण दुई हजार ८०० जनाको मृत्यु

वि.सं.२०७५ फागुन १० शुक्रवार

567 

shares

१० फागुन, पेरिस, फ्रान्स ।  फ्रान्समा चिसोमा संक्रमण हुने रोग, फ्लुको महामारीका कारण यस बर्षको शीतकालीन समयमा कम्तिमा दुई हजार ८०० जनाको मृत्यु भएको यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् ।

फ्रान्सभर अक्टोबरदेखि फेब्रुअरी ३ गतेसम्म फ्लुका कारण मृत्यु हुनेमध्ये अधिकांश अर्थात् ७८ प्रतिशत नागरिकमा ७५ बर्षमाथिका वृद्धहरू भएको फ्लु र यसबाट परेका समस्याबारे तयार साप्ताहिक प्रतिवेदनमा बिहीबार उल्लेख गरिएको छ ।

रिपोर्ट अनुसार फेब्रुअरी ११ देखि १७ सम्मको एक हप्तामा मात्रै करिब ११ हजार फ्रान्सेली नागरिकमा फ्लुको प्रभाव देखिएको र उपचार तथा सल्लाहका लागि अस्पताल पुगेका थिए भने उनीहरूमध्ये दुई हजार १३७ जनाले अस्पतालमा भर्ना भै उपचार सेवा लिइराखेका छन् ।

भर्ना भएकामा पनि अधिकांश ७५ बर्षमाथि वा १५ बर्षमुनिका विरामी रहेका रिपोर्टमा छ ।

यद्यपि विरामीको सङ्ख्या तथा विरामी भै अस्पतालमा उपचार लिइरहेका मानिसको सङ्ख्या दुबै अघिल्लो हप्ताको तुलनामा कम भएको पनि जनाइएको छ ।

फ्रान्समा अघिल्लो हप्ता सम्भवत सबैभन्दा धेरै मानिसमा फ्लु अर्थात् ‘एचथ्रीएनटु’ को सङ्क्रमण देखिएको थियो ।

वि.सं.२०७५ फागुन १० शुक्रवार १०:२४ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...