back
CTIZAN AD

‘गरिबी निवारणमा जीविकोपार्जन भत्ता वृद्धि प्रभावकारी’

वि.सं.२०७५ फागुन १० शुक्रवार

624 

shares

१० फागुन, बेइजिङ, चीन । जीविकोपार्जनका लागि न्यूनतम् भत्तामा गरेको वृद्धि गरिबी निवारणका लागि गरेको चिनियाँ सरकारको प्रयासमा थप सार्थक बनेको चीनको नागरिक मामिला मन्त्रालयले बिहीबार बताएको छ ।

चीनले सन् २०१८ मा शहरी तथा ग्रामिण क्षेत्रमा बसोबास गर्दै आएका आफ्ना नागरिकका लागि दिँदै आएको जीविकोपार्जनका लागि निम्नतम भत्तामा सामान्य वृद्धि गरेको थियो । यद्यपि यसको प्रभाव निकै सकारात्मक देखिएको मन्त्रालयको दावी छ ।

नागरिक मामिला मन्त्री हुवाङ सुसियानले भने, “सन् २०१७ को तुलनामा सन् २०१८ मा चीन सरकारले शहरी क्षेत्रमा बस्ने नागरिकको जीविकोपार्जन भत्तामा ७.२ प्रतिशत र ग्रामिण क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि १२.४ प्रतिशत रकम वृद्धि गरेको हो ।”

भत्ता लिँदै आएका करिब चार करोड ५० लाख निम्न आय भएका चिनियाँको अवस्थामा सुधारका लागि सरकारले उक्त कार्यक्रमलाई अघि सारेको हो ।

चीनको ग्रामिण क्षेत्रका जनतालाई उपलब्ध गराइएको जीविकोपार्जन भत्ता देशमा गरिबीको रेखामूनि रहेका नागरिकलाई गरिबीबाट मुक्त गर्न चाहिने माथिल्लो विन्दुमा पुगेको उनले बताए ।

सन् २०१८ को अन्त्यसम्ममा ग्रामिण क्षेत्रका करिब तीन करोड ५१ लाख जनतालाई बार्षिक करिब ७१५ अमेरिकी डलर वितरण भइरहेको छ भने बाँकी करिब एक लाख जनतालाई पनि प्रक्रिया पु¥याएर छिट्टै सो सुविधाको दायरामा ल्याइने बताइएको छ ।

वि.सं.२०७५ फागुन १० शुक्रवार १०:२१ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...