back
CTIZAN AD

बङ्गलादेशमा भीषण आगलागीका शृङ्खला

वि.सं.२०७५ फागुन १० शुक्रवार

591 

shares
 

१० फागुन, ढाका । बङ्गलादेशमा भएका भीषण आगलागीका घटनाहरूको शृङ्खलाअन्तर्गत राजधानी ढाकामा बुधबार राति पनि अर्को आगलागीको घटना भएको छ । सो आगलागीमा परी कम्तीमा पनि ७० जनाको ज्यान गएको छ ।

बङ्गलादेशमा आगलागी, भवनहरू भत्किने जस्ता घटनाहरू बेलाबेलामा भइरहेको पाइन्छ । यसअघि सन् २०१३ को अप्रिलमा ढाकाको राना प्लाजाको नौतले भवनमा भएको आगलगीमा परी एक हजार १३० जनाको मृत्यु भएको थियो ।

कारखानामा भएको सो घटना भयानक आगलागीको घटनाकोरूपमा रहेको छ । यस आगलागीमा परी करिब २ हजार व्यक्ति घाइते भएका थिए ।

सन् २०१६ मा बङ्गलादेशको एक अदालतले राना प्लाजाका संस्थापकसहित ३८ व्यक्तिलाई हत्याको आरोप लगाएको थियो ।

यसैगरी सन् २०१० को जुनमा भएको भीषण आगलागीमा परी कम्तीमा ११७ व्यक्तिको मृत्यु भएको थियो । सो आगलागी ढाकाको बाक्लो जनघनत्व रहेको इलाकामा भएको थियो ।

बिहीबार मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका छन् । उनीहरूलाई अस्पताल पु¥याइएको र तीमध्ये कैयौँको अवस्था अत्यन्तै गम्भीर रहेको ढाका प्रहरीले जानकारी दिएको छ ।

ढाकाको चवाक बजारमा रहेको एक घरमा ग्यासको सिलिण्डर विस्फोट भएको थियो । त्यो विस्फोटबाट निस्किएको आगोले सबैभन्दा पहिला पाँच तल्ले भवन जलेको बताइएको छ ।

राजधानी ढाकाको पुरानो बस्तीतिरको क्षेत्र भएकाले घरहरू जोडिएर रहेका र जसका कारण एकपछि अर्काे घरमा आगो फैलिएको थियो ।

यसरी फैलिएको आगोका कारण यहाँका कैयौँ घरमा क्षति भएको हो । कैयौँ घरमा आगो सल्किएको र जनधनको ठूलो क्षति हुन पुगेको प्रहरीले जानकारी दिएको छ ।

ढाकाको आगलागी नियन्त्रण विभागका एकजना अधिकारी महफुज रिवनले सो जानकारी दिएका छन् । उनका अनुसार एक घरमा सिलिण्डर पड्किएर भएको आगलागीले उक्त घरसँगै रहेको अर्काे घरलाई पनि छोएको र उक्त घरमा रासायनिक पदार्थहरू राख्ने गरिएको एक गोदाम रहेकोले आगो झन् बढेको जानकारी दिए ।

उनले भने बुधबार राति करिब १० बजेतरि उक्त आगलागी शुरु भएको थियो । आगो नियन्त्रणमा लिन निकै धेरै समय लागेको थियो । आगो नियन्त्रणमा लिन मध्यरातिसम्म लागेको र जसका कारण ठूलो जनधनको क्षति हुन पुगेको थियो ।

उनले आगो नियन्त्रणका लागि कम्तीमा पनि ३७ वटा दमकलको प्रयोग गरिएको जानकारी दिएका छन् । आगोको मुस्लो बढ्दै जाँदा अर्काे घरमा सल्किन पुगेको थियो ।

सो आगलागनी नियन्त्रणका लागि ३७ वटा अग्नि नियन्त्रक र ठूलो संख्याका कर्मचारीले निकै प्रयत्न गरेपछि बिहीबार बिहानीपख ३ बजेमात्र आगो नियन्त्रणमा आएको उनले बताए ।

अग्नि नियन्त्रकहरूले अहिले पनि विभिन्न घर र तिनका भग्नावशेषमा लागेको आगो निभाउने प्रयास जारी राखेका बताइएको छ ।

ढाका प्रहरीले यहाँको उद्धारको कार्य अझै सम्पन्न भई नसकेको जनाएको छ । उद्धारको कार्य जारी नै रहेको, कति जनाको ज्यान गएको हो भन्ने बारेमा पनि यकिन हुन बाँकी रहेको बताइएको छ ।

हाल ६९ जनाको शव भेटिएको तर जलेर अस्पतालमा उपचार गराइरहेका नागरिकको सङ्ख्या धेरै रहेकोले मृतकको सङ्ख्या निकै बढ्न सकने बताइएको छ ।

वि.सं.२०७५ फागुन १० शुक्रवार १०:०९ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...