
११ फागुन, काठमाडौं । एनसेल टावरमा अज्ञात समुहले राखेको बम विस्फोट हुँदा घाईते भएका तीन मध्ये एकजनाको मृत्यु भएको छ ।
ललितपुरस्थित एनसेल टावरमा शुक्रबार राति भएको बम विस्फोटमा परेर घाईते भएका लम्जुङ घर भई ललितपुरको भैसेपाटीमा बस्ने ४९ वर्षीय सिंह प्रसाद गुरुङको उपचारका क्रममा शुक्रबार राति १२ः २५ मा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।
त्यस्तै अर्का दुई घाईते मध्ये बनेपा घर भई मेडिसिडीमा नर्सका रुपमा कार्यरत उरुषा मानन्धको वाँया खुट्टाको गोली गाँठोमा चोट लागेको छ भने ललितपुर बागडोलकी प्रतिक्षा खड्काको करङमा चोट लागेको पनि ललितपुर प्रहरीले बताएको छ । उनीहरु दुवैजनाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै उक्त घटनामा संलग्न भएको आशंकामा ६ जनालाई पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ ।
वि.सं.२०७५ फागुन ११ शनिवार ०८:३९ मा प्रकाशित





























