back
CTIZAN AD

इक्वेडरमा ७.५ म्याग्निच्युडको भूकम्प

वि.सं.२०७५ फागुन ११ शनिवार

672 

shares

११ फागुन, किटो ।  इक्वेडरमा शुक्रबार ७.५ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विज्ञान विभागले जनाएको छ ।

भूकम्पबाट मानवीय तथा भौतिक क्षतिबारे तत्काल कुनै जानकारी आइनसकेको इक्वेडरका सरकारी अधिकारीले बताएका छन् ।

भूकम्पको केन्द्रविन्दु पेरूको सीमा क्षेत्रमा रहेको मोन्टाल्भो सहरबाट करिब १७ किलोमिटर टाढा अमेजन क्षेत्रमा १३२ किलोमिटर गहिराइमा रहेको विभागले जनाएको छ ।

दक्षिण अमेरिकामा अधिकांश ठूला भूकम्प ७० किलोमिटर वा त्योभन्दा कम गहिराइमा जाने गरेको

विभागले जनाएको छ । विभागका अनुसार शुक्रबारको भूकम्पपछि दुई पराकम्प पनि गएका र एउटा ६.० म्याग्निच्युडको रहेको इक्वेडरको भूगर्भ विज्ञान अध्ययन संस्थाले जनाएको छ ।

“अहिलेसम्म भूकम्पका कारण कसैको ज्यान गुमेको वा ठूलो भौतिक क्षति भएका खबर छैनन् तर कतिपय घरका झ्याल फुटेका छन्,” माकास सहरका प्रमुख तार्किसियो ओजेदाले बताए ।

भूकम्पपछि सरकारले सबै आपत्कालीन उद्धार समूहहरूलाई उद्धारका लागि सक्रिय बनाइएको उनले बताए ।
भूकम्प कारण सुनामी आउने सम्भावनाबारे केही बताइएको छैन ।

सन् २०१६ मा इक्वेडरको पश्चिमी प्रान्तहरू मानावी र इस्मेराल्डासमा ७.८ म्याग्निच्युडको भूकम्प जाँदा ६७३ जनाको मृत्यु भएको थियो भने तीन अर्ब अमेरिकी डलर बराबरको भौतिक क्षति भएको थियो ।

वि.सं.२०७५ फागुन ११ शनिवार १२:४८ मा प्रकाशित

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध गाजाका लागि सहायता लिएर गएका...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...