back

बैंक नहुँदा लोमान्थाङबाट राहदानी जारी हुन सकेन

वि.सं.२०७३ कात्तिक १८ बिहीवार

486 

shares
IME Limited
NTC AD

१८ कात्तिक,मुस्ताङ । लोमान्थाङमा बैंक तथा वित्तीय संस्था नहुँदा इलाका प्रशासन कार्यालयले राहदानी जारी गर्न सकेको छैन । राहदानीका लागि आवश्यक पर्ने रकम जम्मा गर्ने बैंक नहुँदा उपल्लो मुस्ताङका ६ गाविसका सर्वसाधारण हप्तादिन लगाएर सदरमुकाम जोमसोम झर्नुपर्ने बाध्यता हट्न सकेको छैन ।

असोज १ गतेदेखि इलाका प्रशासन कार्यालय स्थापना गरिए पनि राहदानीको काम गर्न नसकेको कार्यालय प्रमुख जितेन्द्र बलामीले जानकारी दिनुभयो । “यहाँ कुनै पनि बैंक तथा वित्तीय संस्था छैनन् । रकम जम्मा गर्ने व्यवस्था नहुँदासम्म त्यो काम गर्न सक्दैनौँ”, उहाँले भन्नुभयो, “यसका लागि सर्वसाधारण सदरमुकाममा नै जानुपर्छ ।” इलाका प्रशासन कार्यालयबाट नागरिकता, विभिन्न सङ्घसंस्था दर्ता तथा नवीकरणका काम हुने भएपनि राहदानीका काम तत्काल स्थगित गरिएको प्रमुख बलामीले जानकारी दिनुभयो ।

इलाका प्रशासन कार्यालयले एक महिनामा २२ वटा नेपाली नागरिकता प्रमाणपत्र वितरण गरेको जनाएको छ । आठ नयाँ र १४ वटा प्रतिलिपि नागरिकता वितरण गरिएको हो । राहदानीका लागि वैकल्पिक व्यवस्थाको तयारी भइरहेको प्रशासनले जनाएको छ ।

राहदानी बाहेकका अन्य सरकारी काम लोमान्थाङबाटै उपलब्ध हुने भएपछि लोमान्थाङ, छोसेर, छुसाङ, छोन्हुप, घमी र सुर्खाङ गाविसका करिब पाँच हजार सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका छन् । रासस

वि.सं.२०७३ कात्तिक १८ बिहीवार ०३:२१ मा प्रकाशित

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि...

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

रौतहट । सशस्त्र प्रहरी बल नेपालले लागुऔषधको कारोबारमा संलग्न दुई...

लगातार छैटौं दिन पनि बढ्यो नेप्से

लगातार छैटौं दिन पनि बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

पर्वतका रामकृष्णको बुटवलमा हयाट्रिक

पर्वतका रामकृष्णको बुटवलमा हयाट्रिक

पर्वत फलेवास नगरपालिका कुर्घाका रामकृष्ण शर्मा शनिवार साँझ बुटवलमा सम्पन्न...

नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार...

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै गलकोट (बागलुङ)...