Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

देउसी भैलीको रकम निजी स्रोतका शिक्षकलाई



 १८ कात्तिक,बैतडी । जिल्लाको महारुद्रमा रहेको एक विद्यालयले देउसी भैलीबाट सङ्कलन भएको रु एक लाखभन्दा बढी रकम निजी स्रोतमा राखिएका शिक्षकलाई दिने भएको छ ।

विद्यालयको आर्थिक स्थिति कमजोर रहेकाले निजी स्रोतका शिक्षकलाई तलबका लागि देउसी भैली खेलिएको बताइएको छ । महारुद्र गाविसमा रहेको जगदम्बा माविका शिक्षक, विद्यार्थी तथा अभिभावकले देउसी भैली खेली एक लाख ११ हजार ६२ रुपैयाँ सङ्कलन गरेको शिक्षक वीरेन्द्र भट्टले बताउनुभयो ।

महारुद्र–७ मा रहेको उक्त विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकले देउसीभैली खेलेर सङ्कलन गरेको रकम निजी स्रोतबाट राखिएका शिक्षकको तलबमा खर्च गरिने उहाँले बताउनुभयो । सय जनाभन्दा बढीको सहभागितामा देउसी भैली खेलिएको बताइएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।