back
CTIZAN AD

देउसी भैलीको रकम निजी स्रोतका शिक्षकलाई

वि.सं.२०७३ कात्तिक १८ बिहीवार

888 

shares

 १८ कात्तिक,बैतडी । जिल्लाको महारुद्रमा रहेको एक विद्यालयले देउसी भैलीबाट सङ्कलन भएको रु एक लाखभन्दा बढी रकम निजी स्रोतमा राखिएका शिक्षकलाई दिने भएको छ ।

विद्यालयको आर्थिक स्थिति कमजोर रहेकाले निजी स्रोतका शिक्षकलाई तलबका लागि देउसी भैली खेलिएको बताइएको छ । महारुद्र गाविसमा रहेको जगदम्बा माविका शिक्षक, विद्यार्थी तथा अभिभावकले देउसी भैली खेली एक लाख ११ हजार ६२ रुपैयाँ सङ्कलन गरेको शिक्षक वीरेन्द्र भट्टले बताउनुभयो ।

महारुद्र–७ मा रहेको उक्त विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकले देउसीभैली खेलेर सङ्कलन गरेको रकम निजी स्रोतबाट राखिएका शिक्षकको तलबमा खर्च गरिने उहाँले बताउनुभयो । सय जनाभन्दा बढीको सहभागितामा देउसी भैली खेलिएको बताइएको छ । रासस

वि.सं.२०७३ कात्तिक १८ बिहीवार ०३:२२ मा प्रकाशित

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...