back
CTIZAN AD

रोल्पामा रेडियो प्रयोगकर्ता घटे

वि.सं.२०७३ कात्तिक १८ बिहीवार

765 

shares

१८ कात्तिक,रोल्पा । कुनै समय सूचना र मनोरञ्जनको एक मात्र विकल्प मानिएको रेडियोका प्रयोगकर्ता पछिल्ला दिनमा घट्दै गएको एक अनुसन्धानले देखाएको छ ।

नेपाल सेन्टर फर कन्टेम्पोररी रिसर्च, जावलाखेल, ललितपुरले रोल्पामा गरेको एक अनुसन्धान प्रतिवेदनले यस्तो देखाएको हो । अनुसन्धान प्रतिवेदनअनुसार सन् २०१२ मा जिल्लामा रेडियो प्रयोगकर्ता ५१.७ प्रतिशत रहेकामा सन् २०१५ मा यो सङ्ख्या घटेर ४६.७ प्रतिशतमा झरेको छ । मोबाइलबाट सूचना मनोरञ्जन समेतको सुविधा प्राप्त भएकाले रेडियोको स्थान मोबाइल फोनले लिएको हुनसक्ने आँकलन गरिएको छ ।

मोबाइल प्रयोगकर्ता भने सन् २०१२ मा ७५ प्रतिशत रहेकामा सन् २०१५ मा बढेर ८३ प्रतिशतमा पुगेको छ । त्यसो त सदरमुकाम लिवाङलगायत रोल्पाका अधिकांश बजार केन्द्रमा रेडियो बिक्री तथा मर्मत पसल विस्थापित भइरहेका छन् भने मोबाइल बिक्री तथा मर्मत पसल थपिँदै गएका छन् । लामो समयदेखि रेडियो मर्मत गर्दै आउनुभएका लिवाङका राम थापाका अनुसार रेडियो किन्ने तथा पुराना मर्मत गर्ने ग्राहक आउन छाडेका कारण आफूले पनि व्यवसायमा विविधीकरण गरेको बताउनुभयो ।

जिल्लामा रेडियो विस्थापित हुनु र मोबाइल प्रयोगकर्ता बढ्नु जिल्ला सूचना प्रविधिमा अगाडि बढ्दै गरेको सङ्केत भएको सूचना प्रविधिका जानकार भुवन श्रेष्ठले बताउनुभयो । अनुसन्धान जिल्लाका लिवाङ, थवाङ र बुढागाउँ गाविसमा पहिलो चरणमा सात सय १७ घरधुरी र दोस्रो चरणमा ६ सय २९ घरधुरीमा गरिएको अनुसन्धानकर्ता गोपीकेश आचार्यले बताउनुभयो । रासस

वि.सं.२०७३ कात्तिक १८ बिहीवार ०३:२४ मा प्रकाशित

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...