back

रोल्पामा रेडियो प्रयोगकर्ता घटे

वि.सं.२०७३ कात्तिक १८ बिहीवार

456 

shares
GLOBAL IME AD
NTC AD

१८ कात्तिक,रोल्पा । कुनै समय सूचना र मनोरञ्जनको एक मात्र विकल्प मानिएको रेडियोका प्रयोगकर्ता पछिल्ला दिनमा घट्दै गएको एक अनुसन्धानले देखाएको छ ।

नेपाल सेन्टर फर कन्टेम्पोररी रिसर्च, जावलाखेल, ललितपुरले रोल्पामा गरेको एक अनुसन्धान प्रतिवेदनले यस्तो देखाएको हो । अनुसन्धान प्रतिवेदनअनुसार सन् २०१२ मा जिल्लामा रेडियो प्रयोगकर्ता ५१.७ प्रतिशत रहेकामा सन् २०१५ मा यो सङ्ख्या घटेर ४६.७ प्रतिशतमा झरेको छ । मोबाइलबाट सूचना मनोरञ्जन समेतको सुविधा प्राप्त भएकाले रेडियोको स्थान मोबाइल फोनले लिएको हुनसक्ने आँकलन गरिएको छ ।

मोबाइल प्रयोगकर्ता भने सन् २०१२ मा ७५ प्रतिशत रहेकामा सन् २०१५ मा बढेर ८३ प्रतिशतमा पुगेको छ । त्यसो त सदरमुकाम लिवाङलगायत रोल्पाका अधिकांश बजार केन्द्रमा रेडियो बिक्री तथा मर्मत पसल विस्थापित भइरहेका छन् भने मोबाइल बिक्री तथा मर्मत पसल थपिँदै गएका छन् । लामो समयदेखि रेडियो मर्मत गर्दै आउनुभएका लिवाङका राम थापाका अनुसार रेडियो किन्ने तथा पुराना मर्मत गर्ने ग्राहक आउन छाडेका कारण आफूले पनि व्यवसायमा विविधीकरण गरेको बताउनुभयो ।

जिल्लामा रेडियो विस्थापित हुनु र मोबाइल प्रयोगकर्ता बढ्नु जिल्ला सूचना प्रविधिमा अगाडि बढ्दै गरेको सङ्केत भएको सूचना प्रविधिका जानकार भुवन श्रेष्ठले बताउनुभयो । अनुसन्धान जिल्लाका लिवाङ, थवाङ र बुढागाउँ गाविसमा पहिलो चरणमा सात सय १७ घरधुरी र दोस्रो चरणमा ६ सय २९ घरधुरीमा गरिएको अनुसन्धानकर्ता गोपीकेश आचार्यले बताउनुभयो । रासस

वि.सं.२०७३ कात्तिक १८ बिहीवार ०३:२४ मा प्रकाशित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

भोजपुर । वर्षासँगै आएको हुरीले खुर्सानी खेतीमा क्षति र्पुयापछि भोजपुरका...

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

देवचुली । प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशाला कार्यक्रम सप्पन्न...

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

दार्चुला । यहाँको अपी हिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय...

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

काठमाडौँ । अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिएका...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

काठमाडौँ । नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक यही जेठ १२...