back
CTIZAN AD

बैंक नहुँदा लोमान्थाङबाट राहदानी जारी हुन सकेन

वि.सं.२०७३ कात्तिक १८ बिहीवार

804 

shares

 १८ कात्तिक,मुस्ताङ । लोमान्थाङमा बैंक तथा वित्तीय संस्था नहुँदा इलाका प्रशासन कार्यालयले राहदानी जारी गर्न सकेको छैन । राहदानीका लागि आवश्यक पर्ने रकम जम्मा गर्ने बैंक नहुँदा उपल्लो मुस्ताङका ६ गाविसका सर्वसाधारण हप्तादिन लगाएर सदरमुकाम जोमसोम झर्नुपर्ने बाध्यता हट्न सकेको छैन ।

असोज १ गतेदेखि इलाका प्रशासन कार्यालय स्थापना गरिए पनि राहदानीको काम गर्न नसकेको कार्यालय प्रमुख जितेन्द्र बलामीले जानकारी दिनुभयो । “यहाँ कुनै पनि बैंक तथा वित्तीय संस्था छैनन् । रकम जम्मा गर्ने व्यवस्था नहुँदासम्म त्यो काम गर्न सक्दैनौँ”, उहाँले भन्नुभयो, “यसका लागि सर्वसाधारण सदरमुकाममा नै जानुपर्छ ।” इलाका प्रशासन कार्यालयबाट नागरिकता, विभिन्न सङ्घसंस्था दर्ता तथा नवीकरणका काम हुने भएपनि राहदानीका काम तत्काल स्थगित गरिएको प्रमुख बलामीले जानकारी दिनुभयो ।

इलाका प्रशासन कार्यालयले एक महिनामा २२ वटा नेपाली नागरिकता प्रमाणपत्र वितरण गरेको जनाएको छ । आठ नयाँ र १४ वटा प्रतिलिपि नागरिकता वितरण गरिएको हो । राहदानीका लागि वैकल्पिक व्यवस्थाको तयारी भइरहेको प्रशासनले जनाएको छ ।

राहदानी बाहेकका अन्य सरकारी काम लोमान्थाङबाटै उपलब्ध हुने भएपछि लोमान्थाङ, छोसेर, छुसाङ, छोन्हुप, घमी र सुर्खाङ गाविसका करिब पाँच हजार सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका छन् । रासस

वि.सं.२०७३ कात्तिक १८ बिहीवार ०३:२६ मा प्रकाशित

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी...

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फेरि बढ्यो अण्डाको मूल्य

फेरि बढ्यो अण्डाको मूल्य

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ फार्म समर्थन...

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लगानीमैत्री वातावरण निर्माण गर्न...