
१३ फागुन, काठमाडौ । अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमले खरिद गरेको वाइड बडी जहाज प्रकरणको छानबिन अघि बढाएको छ । निगमले एअरबस कम्पनीसँग खरिद गरेको वाइड बडी जहाजमा भ्रष्टचार भएको निष्कर्ष निकाली सार्वजनिक लेखा समितिले कारबाहीका लागि सिफारीस गरेपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो ।
दिगो विकास तथा सुशासन समितिको आइतबारको बैठकमा अख्तियारका प्रमुख आयुक्त नवीनप्रसाद घिमिरेले वाइडबडी प्रकरणमा अनुसन्धान सुरु भइसकेको बताए । घिमिरेले बैठकमा भने, सो प्रकरण्मामा मुछिएका सरोकारवालासँग बयान लिने रकागजातपत्र संकलन गर्ने कार्य भएरहेको छ । लेखा समितिले दोषी ठहर गरेका सहित अन्य व्यक्तिसँग पनि क्रमशः बयान लिइने उनले बताए । सोमबारको नागरिक दैनिक बाट ।
वि.सं.२०७५ फागुन १३ सोमवार ०८:३२ मा प्रकाशित





























