
१३ फागुन, काठमाडौ । काठमाडौ उपत्यकामा वार्षिक तीन लाख टन फोहोर उत्पादन हुन्छ । फोहोर फालिँदै आएको नुवाकोटको सिसडोल भरिइसकेको छ । वर्षा लागेपछि त्यहाँ फोहोर फाद्यन सकिने अवस्था छैन, तर त्यसको विकल्प अझै तयार भइसकेको छैन ।
सरकारले नुवाकोटको ककनी २ र धादिङको धुनिबेसी १ को बीचमा पर्ने बन्चरेडाँडालाई दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइट बनाउने निर्णय ०५१ म्ै गरेको थियो । तर, २४ वर्ष बितिसक्दा पनि त्यहाँ आवश्यक पूर्वाधार निर्माण भएको छैन । बन्चरेडाँडा ल्यान्डफिलसाइटको अवधारणत्मक प्रारुप कन्सेप्चुअल डिजाइन आर्थिक वर्ष ०५८÷५९ मै बनेको थियो । जापान सहयोग नियोग जाइकाले बनाएको प्रारुपअनुसार ल्यान्डफिलसाइड निर्माण गर्न एक अर्ब ८६ करोड लाग्ने अनुमान गरिएको थियो । सोमबारको नयाँपत्रिका दैनिकमा तिर्थराज बस्नेतले लेखेका छन् ।
वि.सं.२०७५ फागुन १३ सोमवार ०८:२१ मा प्रकाशित






























