१३ फागुन, सुर्खेत । लेकबेसी नगरपालिका १ रातेखोलामा बस्दै आएका राउटेबस्तीका बालबालीका नेपाली र अंग्रजी पढ्न थालेका छन् । बालबालीकाले पढ्नु लेख्नु हुन्न भन्ने अन्धपवश्वास बोकेको राउटे समुदाय आधुनिकतासँगै परिवर्तन हुन थालेको हो । कापी किताब बोक्दा र पढ्दा आफ्ना देउता रिसाउँछन् भन्ने अन्धविश्वास यो समुदायमा छ ।
दैलेखको सामाजिक विकास केन्द्रले राउटेबस्तीमा बालबालीकालाई अक्षर सिकाउन शिक्षक शिक्षिका नियुक्त गरेपछि बालबालीका पढाइप्रति आकर्षित भएका हुन् । पढ्ने रहर भए पनि राउटे समुदायमा पढेनु हुन्न भन्ने मान्यताले आफ्ना रहर पुरा नभएको बिर्खबहादुर शाहीले बताए । सोमबारको नयाँपत्रिका दैनिकमा खगेन्द्र भट्टराईले लेखेका छन् ।
वि.सं.२०७५ फागुन १३ सोमवार ०८:१० मा प्रकाशित






























