back
CTIZAN AD

सुन्तला उत्पादन घट्यो

वि.सं.२०७५ फागुन १३ सोमवार

735 

shares

१३ फागुन, चितवन । अघिल्लो वर्षको तुलनामा यस वर्ष जिल्लामा सुन्तला उत्पादन आधा घटेको छ । बोटमा रोग र थन्क्याउने बेलामा वर्षा भए पछि यहाँको सुन्तला उत्पादनमा अस्वभाविक रुपमा कमी आएको हो ।

कृषि ज्ञान केन्द्र भरतपुरले दिएको जानकारी अनुसार जिल्लामा यस वर्ष एक हजार २०० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष दुई हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । कार्यालयका बागवानी विकास अधिकृत धनबहादुर थापाका अनुसार जिल्लामा २२० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिन्छ । जहाँ अघिल्लो वर्ष करीब रु सात करोडको सुन्तला बिक्री भएको थियो । यस वर्ष भने रु तीन करोड ७० लाख ८० हजारको सुन्तला बिक्री भएको छ ।

जिल्लाको इच्छाकामना गाउँपालिकामा मात्र सुन्तला खेती हँुदै आएको छ । सो गाउँपालिकाको काउले, चण्डीभञ्ज्याङ, तामिन, दारेचोकलगायतको क्षेत्रका ४५० कृषकले सुन्तला खेती गर्दै आएका छन् । दारेचोकका सुन्तला कृषक कृष्णबहादुर गुरुङका अनुसार टिप्ने बेलामा तीन दिनसम्म झरी परेपछि धेरै सुन्तला कुहिएर नोक्सान भएको थियो । यस्तै सुन्तलाको बोटको टुप्पोबाट फेदसम्म सुक्दै जाने समस्याले निकै नोक्सान भएको उनले बताए । गत वर्ष रु २३ लाखको सुन्तला बिक्री गरेका गुरुङले यस वर्ष त्यही बारीको सुन्तलाबाट रु १५ लाख मात्र कमाइ भएको बताए । उनले ४० हेक्टरमा सुन्तला लगाएका छन् ।

माघमा पानी परेपछि सुन्तलाको मूल्यसमेत घटेको थियो । गुरुङका अनुसार रु ९५ प्रतिकिलो बिक्री भएको सुन्तला पानी परेपछि रु २० सम्म झरेको थियो । सुन्तला उत्पादनमा वृद्धि हुनुपर्ने समयमा घट्दै जाँदा कृषक चिन्तित बनेका छन् ।
बागवानी अधिकृत थापाले टुप्पोबाट मर्दै पूरै बोट सुक्ने समस्या देशव्यापीरुपमा देखिएको बताए । यसलाई न्यूनीकरणका लागि कृषकले बोडोमिश्रण र बोडोपेस्टको प्रयोग गर्नुपर्ने उनले बताए । कार्यालयका प्राविधिक खेती भएकै ठाउँमा गएर कृषकलाई रुख मर्न बाट बचाउनका लागि उपचार पद्धत्ति सिकाउने गरेको भए पनि नियन्त्रण हुन नसक्दा उत्पादनमा कमी आएको थापाले बताए ।

वि.सं.२०७५ फागुन १३ सोमवार १४:५४ मा प्रकाशित

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

२७ वर्षका विनोदले गाउँमै माछा पालेर बार्षिक २५ लाखसम्म आम्दानी गर्दछन् 

२७ वर्षका विनोदले गाउँमै माछा पालेर बार्षिक २५ लाखसम्म आम्दानी गर्दछन् 

घोडाघोडी (कैलाली), । गाउँका प्रायः युवा वैदेशिक रोजगारमा गए पनि...

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...