back

सुन्तला उत्पादन घट्यो

वि.सं.२०७५ फागुन १३ सोमवार

462 

shares
GLOBAL IME AD
NTC AD

१३ फागुन, चितवन । अघिल्लो वर्षको तुलनामा यस वर्ष जिल्लामा सुन्तला उत्पादन आधा घटेको छ । बोटमा रोग र थन्क्याउने बेलामा वर्षा भए पछि यहाँको सुन्तला उत्पादनमा अस्वभाविक रुपमा कमी आएको हो ।

कृषि ज्ञान केन्द्र भरतपुरले दिएको जानकारी अनुसार जिल्लामा यस वर्ष एक हजार २०० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष दुई हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । कार्यालयका बागवानी विकास अधिकृत धनबहादुर थापाका अनुसार जिल्लामा २२० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिन्छ । जहाँ अघिल्लो वर्ष करीब रु सात करोडको सुन्तला बिक्री भएको थियो । यस वर्ष भने रु तीन करोड ७० लाख ८० हजारको सुन्तला बिक्री भएको छ ।

जिल्लाको इच्छाकामना गाउँपालिकामा मात्र सुन्तला खेती हँुदै आएको छ । सो गाउँपालिकाको काउले, चण्डीभञ्ज्याङ, तामिन, दारेचोकलगायतको क्षेत्रका ४५० कृषकले सुन्तला खेती गर्दै आएका छन् । दारेचोकका सुन्तला कृषक कृष्णबहादुर गुरुङका अनुसार टिप्ने बेलामा तीन दिनसम्म झरी परेपछि धेरै सुन्तला कुहिएर नोक्सान भएको थियो । यस्तै सुन्तलाको बोटको टुप्पोबाट फेदसम्म सुक्दै जाने समस्याले निकै नोक्सान भएको उनले बताए । गत वर्ष रु २३ लाखको सुन्तला बिक्री गरेका गुरुङले यस वर्ष त्यही बारीको सुन्तलाबाट रु १५ लाख मात्र कमाइ भएको बताए । उनले ४० हेक्टरमा सुन्तला लगाएका छन् ।

माघमा पानी परेपछि सुन्तलाको मूल्यसमेत घटेको थियो । गुरुङका अनुसार रु ९५ प्रतिकिलो बिक्री भएको सुन्तला पानी परेपछि रु २० सम्म झरेको थियो । सुन्तला उत्पादनमा वृद्धि हुनुपर्ने समयमा घट्दै जाँदा कृषक चिन्तित बनेका छन् ।
बागवानी अधिकृत थापाले टुप्पोबाट मर्दै पूरै बोट सुक्ने समस्या देशव्यापीरुपमा देखिएको बताए । यसलाई न्यूनीकरणका लागि कृषकले बोडोमिश्रण र बोडोपेस्टको प्रयोग गर्नुपर्ने उनले बताए । कार्यालयका प्राविधिक खेती भएकै ठाउँमा गएर कृषकलाई रुख मर्न बाट बचाउनका लागि उपचार पद्धत्ति सिकाउने गरेको भए पनि नियन्त्रण हुन नसक्दा उत्पादनमा कमी आएको थापाले बताए ।

वि.सं.२०७५ फागुन १३ सोमवार १४:५४ मा प्रकाशित

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

काठमाडौं । प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । मंगलबार...

वर्षाले फुल्न लागेको स्याउका बोटमा असर, उत्पादन कम हुने प्रक्षेपण

वर्षाले फुल्न लागेको स्याउका बोटमा असर, उत्पादन कम हुने प्रक्षेपण

मुस्ताङ । वर्षाले यहाँका फूल्न लागेको स्याउको बोटमा असर पुर्याएको...

चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन

चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन

चितवन । चितवन र मकवानपुरका ५० युवालाई मागमा आधारित जीविकोपार्जन...

सिँचाइको अभाव हुँदा चैते धानखेती गर्न आकर्षित भएनन् किसान

सिँचाइको अभाव हुँदा चैते धानखेती गर्न आकर्षित भएनन् किसान

सिङ्गबहादुर थापा/बरहथवा (सर्लाही) । सर्लाहीमा छ सय ९१ हेक्टरमा चैते...

लौकाखेतीबाट एकै याममा लाखौँ आम्दानी गर्दै उराँव

लौकाखेतीबाट एकै याममा लाखौँ आम्दानी गर्दै उराँव

इनरुवा (सुनसरी) । सुनसरीगढी गाउँपालिका–५ का अनुरुप उराँवले सात कठ्ठा...

हावाहुरी र वर्षाले मकै र आँपखेतीमा क्षति

हावाहुरी र वर्षाले मकै र आँपखेतीमा क्षति

इनरूवा (सुनसरी) । गएरातिको हावाहुरी र वर्षाले सुनसरीमा मकैखेती र...