back
CTIZAN AD

इन्जिनियर नहुँदा भूकम्पपीडितले घर बनाउन पाएनन्

वि.सं.२०७५ फागुन १३ सोमवार

606 

shares

१३ फागुन, चितवन । रासस झण्डै चार वर्षअघिको भूकम्पका कारण जिल्लामा घर क्षति भएकामध्ये एक हजार ६५५ परिवारको आफ्नै जग्गा नहुँदा पुनःनिर्माणबाट वञ्चित भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आफ्नै जग्गा नहुनेलाई जग्गा खरीदका लागि रु दुई लाखसमेत दिने भए पनि सो रकमले जग्गा खरीद गर्न नसकिने भन्दै लाभग्राही कार्यालयको सम्पर्कमा नआएका हुन् ।

जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका इञ्जिनीयर सुजन नेपालका अनुसार हालसम्म जग्गा खरीदका लागि कोही पनि आएका छैनन् ।

नेपालले घर क्षति भएका मध्ये एक सय जनाले पहिलो किस्तावापतको रु ५० हजार समेत लगेका छन् । घर निर्माणका लागि नक्सा पास गर्नुपर्ने प्रावधान बनेपछि आफ्नो जग्गा नभई वन र ऐलानी क्षेत्रमा बसेकाले घर निर्माणका लागि रकम नपाएका हुन् । प्राधिकरणले जग्गा खरीदका लागि विनियोजन गरेको रकम अपुग भएका कारण कोही पनि सम्पर्कमा नआएको नेपालले बताए ।

प्रभावित कतिपय भूकम्पले भत्काएको घर टालटुल गरी असुरक्षित रूपमा बसेका छन् भने कतिपय आफन्त र चिनजानका खाली भएका घर गोठमा बस्दै आएका छन् । पुरानो बसेको ठाउँमा धेरै जग्गा चर्चेर बसेका कारण अहिले सरकारले दिने रकमले खरीद गर्न सकिने विकटको थोरै जग्गामा जान उनीहरुले रुचि नदेखाएका हुन् ।

कार्यालयको सहयोगमा हालसम्म जिल्लामा एक हजार ८७८ घर निर्माण सम्पन्न भइसकेका छन् । घर बनाउन तीन हजार ५८८ परिवारले दोस्रो किस्ता लगेका छन् भने पहिलो किस्ता लानेको संख्या पाँच हजार ७८० परिवार रहेको छ । भूकम्पबाट जिल्लामा सात हजार ३३५ परिवारको घर पूर्णरुपमा क्षति भएको थियो ।

त्यसैगरी ५९३ परिवारको घरमा आंशिक क्षति पुगेको तथ्याङ्क छ । पछि घरमा आंशिक क्षति पुगेको तर नाम छुटेको भन्दै ६ हजार १८ जनाले गुनासो दर्ता गराएको कार्यालयले जनाएको छ । भूकम्प गएको दुई वर्षपछि कार्यालय खुलेका कारण सोही बीचको समयमा आफैँ घर बनाउने करीब एक हजार ५०० परिवारले पनि मापदण्ड नपुगेको भन्दै निकासा पाउन सकेका छैनन् । भूकम्पले घर पूर्ण क्षति भएका परिवारलाई प्राधिकरणले निर्माणका लागि रु तीन लाख अनुदान दिँदै आएको छ ।

वि.सं.२०७५ फागुन १३ सोमवार १४:४६ मा प्रकाशित

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार...

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन । यहाँस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति,‘रजिष्ट्रार’...

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

काभ्रेपलाञ्चोक । काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ...