back
CTIZAN AD

दूध ‘मास्टर’ले कृषिमा ल्याए परिवर्तन

वि.सं.२०७५ फागुन १३ सोमवार

747 

shares

१३ फागुन, नारायणपुर । दाङको गढवा गाउँपालिका–४ का हरि यादवलाई धेरैले दूध मास्टर भनेर चिन्छन् । दीपेन्द्र मावि पर्सेनीमा अध्यापन गर्दै आएका यादवले व्यावसायिक भैँसीपालन मात्र गरेका छैनन्, गाउँका कृषकबाट दूध सङ्कलन गरी बजारसम्म पु¥याउँदै आएका छन् । यादवले गाउँको कृषि क्षेत्रमा परिवर्तन नै ल्याएका छन् ।

विशेषगरी दूध सङ्कलन गरेर गाउँमै दूध बिक्री गर्ने वातावरण मिलाएका यादवले आफैँले पनि भैँसीपालन गरेका छन् । दैनिक २०० लिटर दूध सङ्कलन गर्दै आएका यादवलाई स्थानीयले ‘दूध मास्टर’ भन्ने गर्छन् । बत्तीस किसानको दूध सङ्कलन गरेर दुग्ध उद्योगमा पु¥याउँदै आएका यादवले दूध बिक्रीबाट मासिक रु ३० हजारदेखि रु ४० हजार आम्दानी गर्दै आएको छन् ।

“धेरैले मलाई दूध मास्टर भनेर चिन्छन्”, यादवले भने, “शिक्षण पेसालाई असर परेको छैन, विद्यालय समयभन्दा बाहेकको समयमा भैँसीपालन र दुग्ध केन्द्र सञ्चालन गर्दै आएको छ । गढवा क्षेत्र दूध उत्पादन हुने क्षेत्र हो । यहाँबाट लमहीसम्म दुग्ध सामग्री बजार पु¥याउन गाह्रो भएपछि उनी आफैँले सङ्कलन केन्द्र खोलेका हुन् । दुुग्ध सङ्कलन केन्द्र खोलेपछि २० किलोमिटर टाढा दूध बोकेर बिक्री गर्न जानुपर्ने बाध्यता हटेको छ ।

दुग्ध सङ्कलन केन्द्रलाई राप्ती पारी क्षेत्रकै नमूना बनाउने यादवको लक्ष्य छ । “चिलिङभ्याट खरीद गरी दैनिक ५०० लिटर दूध सङ्कलन गर्ने लक्ष्य छ”, यादवले भने । विगत २५ वर्षदेखि व्यावसायिक रुपमा दूधको कारोवार गर्दै आएका उनले अहिले दुई छोरालाई कृषि विषय नै पढाएका छन् । “छोरा विशेषज्ञ भएपछि पेसा गर्न सजिलो होला भन्ने आश गरेको छु”, यादवले भने । उनकै पहलमा शक्ति उपभोक्ता सहकारी संस्था स्थापना भएको छ । सहकारी संस्थामा २५० किसान आबद्ध छन् । यस्तै आधारशीला सहकारी स्थापना गरी दुग्ध उत्पादक किसानलाई उनले समेट्दै आएका छन् ।

वि.सं.२०७५ फागुन १३ सोमवार १४:३९ मा प्रकाशित

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

२७ वर्षका विनोदले गाउँमै माछा पालेर बार्षिक २५ लाखसम्म आम्दानी गर्दछन् 

२७ वर्षका विनोदले गाउँमै माछा पालेर बार्षिक २५ लाखसम्म आम्दानी गर्दछन् 

घोडाघोडी (कैलाली), । गाउँका प्रायः युवा वैदेशिक रोजगारमा गए पनि...

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...