back
CTIZAN AD

वरिष्ठ नेता पौडेल र अमेरिकी राजदूत टेप्लिजबीच भेट

वि.सं.२०७३ कात्तिक १८ बिहीवार

837 

shares

१८ कात्तिक  काठमाडौँ, । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिजबीच पौडेल निवास बोहराटारमा आज भेटवार्ता भएको छ ।

नेपाल अमेरिकाबीचको द्विपक्षीय हित र आपसी चासोका विषयमा उहाँहरुका बीच कुराकानी भएको थियो ।

कुराकानीका क्रममा वरिष्ठ नेता पौडेलले राजनीतिक दलको सहमतिमा संविधान कार्यान्वयन भइरहेको र संशोधनको प्रक्रिया समेत अगाडि बढेको राजदूत टेप्लिजलाई जानकारी गराउनुभएको भेटपछि वरिष्ठ नेता पौडेलले राससलाई जानकारी दिनुभयो ।

उहाँले दलहरुका बीचमा आपसी सहमति र सहकार्यमा विभिन्न तहका निर्वाचन सम्पन्न गर्न समेत लागिरहेको राजदूत टेप्लिजको एक जिज्ञासामा बताउनुभएको थियो ।

राजदूत टेप्लिजले नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा अमेरिकी सरकारले नेपाललाई निरन्तर रुपमा सहयोग उपलब्ध गराउँदै आएको र आगामी दिनमा थप सहयोग प्रदान गर्न इच्छुक रहेको अवगत गराउनुभएको थियो । रासस

वि.सं.२०७३ कात्तिक १८ बिहीवार ०७:१० मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...