back

मेलबर्नमा नयाँ बिद्यार्थीको लागि एयरपोर्टबाट निस्शुल्क पिकअपको ब्यवस्था

वि.सं.२०७५ फागुन १४ मंगलवार

546 

shares
GLOBAL IME AD
NTC AD

१४ फागुन । बिभिन्न एजुकेशन र कामदारसंग सम्बन्धित कन्सल्टेन्सीको नाममा अनेकन ठगीका समाचार आइरहेको बेला “International student? Free Airport Pickup! Don’t wait for a taxi and pay extra. Take advantage of our free pickup services.”मेलबर्नमा नयाँ आउने बिद्यार्थीको लागि एयरपोर्टबाट निस्शुल्क पिकअपको ब्यवस्था गरेको छ ।

देख्दा जो कोहीलाई पनि विस्वास गर्न मुस्किल पर्छ नै, तर मेलबर्नमा बिएम डब्लु एजुकेशनल कन्सल्टेन्सीले मेलबर्नमा आफ्नो कोही पनि नभएकाहरुलाई लक्षित गर्दै यस्तो कार्यक्रम बिगत केही बर्षदेखि सन्चालन गर्दै आइरहेको छ ।
हालसम्ममा यो सेवाबाट २०० भन्दा बढी लाभान्वित भैसकेका छन । यो सेवा लिनको लागि सजिलो होस भन्नका निम्ति हालसालै फेसबुक पेज पनि शुरु गरिएको छ । जुन Free Airport Pickup सर्च गर्दा उपलब्ध हुन सक्छ । त्यसमा यो सेवाबाट लाभान्वित आकाश पुन, प्रसन्न कोइरालाले यो सेवा उपलब्ध गराउनेलाई धन्यवाद गर्दै आभार ब्यक्त गरेका प्रतिकृयाहरु देख्न सकिन्छ ।

बिएम डब्लु एजुकेशनल कन्सल्टेन्सीले अहिले यस प्रोजेक्टलाई मेलबर्नमा आफ्नो
कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी अन्तर्गत राखेर सहयोग गरि राखेको छ ।BMW Educational Consultancy मेलबर्नका निर्देशक बिष्णु सापकोटा हामी एजुकेशन कनसल्टेन्सी भएको नाताले हाम्रो दायित्व नेपालमा बिद्यार्थीहरुको भिसा लगाउनेमा मात्र सिमित हुनु हुँदैन, उनीहरु बिल्कुलै फरक बातावरण भएको यस्तो सम्पन्न देशमा आइसकेपछि पनि उनीहरुले सामना गर्नु पर्ने बिभिन्न किसिमका समस्याहरुको न्यूनिकरणका लागि उनीहरुको शुरुवातीका दिनदेखि नै उनीहरुलाई आवश्यकीय सबै किसिमका सकिने जतिका सेवा सुबिधा उपलब्ध गराउनु पनि हाम्रो दयित्व हो भन्नछन् ।
यो त्यही संस्था हो जस्ले अन्य देशबाट अस्ट्रेलिया आएपश्चात काम खोज्ने क्रममा स्थानिय कामको अनुभबबारे सोध्ने, तर सोको अभावका कारण धेरैले शुरुमा काम पाउन धेरै संघर्ष गर्नुपर्ने समस्या झेल्नुपर्ने वास्तबिकतालाई ध्यानमा राखेर नयाँँ आउने विद्यार्थीको लागि निशुल्क बारिस्टा तालिमको ब्यबस्था गर्न शुरु गरेको छ ।
हालसम्म यो सुबिधाबाट ६५१ भन्दा बढी लाभान्वित भैसकेका छन । तालिमको दुई भाग हुनेछन । पहिलो सेसन कफी बनाउन र ग्राहकसंग कसरी व्यबहार गर्ने भन्ने बिषयमा केन्द्रित हुनेछ, भने दोश्रो सेसन अस्ट्रेलिया आएपछिका अत्यावश्यक जानकारीमूलक कुराहरु जस्तै सार्वजनिक यातायात सिस्टम, बायोडाटा बनाउने र काम खोज्ने तरिका,ब्यक्तिगत सुरक्षा, अस्ट्रेलियन ट्याक्स र आपतकालिन अवस्थाका बारेमा जान्नुपर्ने कुराहरुमा केन्द्रित हुनेछ ।
यो त्यही संस्था हो जस्ले अस्ट्रेलियाको मेलबर्नमा क्रिकेट खेलप्रति खेलाडीहरुलाई प्रोत्साहित गर्ने अभिप्रायले गत बर्षदेखि दुई हजार डलर राशीको बिएमडब्लू कप प्रदान गर्न शुरु पनि गरिसकेको छ । बिएम डब्लु एजुकेशनल कन्सल्टेन्सी मेलबर्नका निर्देशक बिष्णु सापकोटा आफू शुरुमा अस्ट्रेलिया आउँदा भोग्न परेका समस्या नयाँँ आउनेहरुले भोग्न नपरोस भन्ने भावनाले यस किसिमका निस्शुल्क सेवाहरुको ब्यबस्था गर्न आफूलाई प्रेरित गरेको बताउछन् ।

सहयोगी भावनाले ओतप्रोत भएर अस्ट्रेलिया जस्तो देशमा आएर पनि आफूले जस्तै नबागन्तुकहरुले दुस्ख भोग्न नपरोस भनी यस किसिमले निस्शुल्क सेवाहरुको ब्यबस्था गर्ने बिएम डब्लु एजुकेशनल कन्सल्टेन्सीर यस्को संपूर्ण टिम धन्यवाद र आभारका लागि योग्य छन र भाषण, देखाउन र नारामा नभएर यथार्थमा नै यसरी सेवा गर्नुको आनन्द गर्नेले मात्रै महसूस गर्न सक्ने भएकोले संपूर्ण टिम सदा सर्बदा आनन्दित भैराखुन् भन्दै लुम्बिनी कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले हार्दिक शुभेच्छा प्रकट गरेका छन् ।

वि.सं.२०७५ फागुन १४ मंगलवार १३:५४ मा प्रकाशित

कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया...

नेप्से परिसूचकमा १५ अङ्कको गिरावट

नेप्से परिसूचकमा १५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

अनुमति विना गुज्जरगानो निकासी नगर्न गल्याङ नगरपालिकाको अनुरोध

अनुमति विना गुज्जरगानो निकासी नगर्न गल्याङ नगरपालिकाको अनुरोध

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले अनुमति विना गुज्जर गानो र...

बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने

बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने

काठमाडौं । विश्व शान्तिका अग्रदूत भगवान् बुद्धको २५६९औँ जन्मजयन्तीका अवसर...

यार्सागुम्बा सङ्कलन थालियो

यार्सागुम्बा सङ्कलन थालियो

मनाङ । मनाङमा यार्सागुम्बा सङ्कलन थालिएको छ । मनाङसँगै लमजुङ,...

वर्षाले फुल्न लागेको स्याउका बोटमा असर, उत्पादन कम हुने प्रक्षेपण

वर्षाले फुल्न लागेको स्याउका बोटमा असर, उत्पादन कम हुने प्रक्षेपण

मुस्ताङ । वर्षाले यहाँका फूल्न लागेको स्याउको बोटमा असर पुर्याएको...