back
CTIZAN AD

मेलबर्नमा नयाँ बिद्यार्थीको लागि एयरपोर्टबाट निस्शुल्क पिकअपको ब्यवस्था

वि.सं.२०७५ फागुन १४ मंगलवार

864 

shares

१४ फागुन । बिभिन्न एजुकेशन र कामदारसंग सम्बन्धित कन्सल्टेन्सीको नाममा अनेकन ठगीका समाचार आइरहेको बेला “International student? Free Airport Pickup! Don’t wait for a taxi and pay extra. Take advantage of our free pickup services.”मेलबर्नमा नयाँ आउने बिद्यार्थीको लागि एयरपोर्टबाट निस्शुल्क पिकअपको ब्यवस्था गरेको छ ।

देख्दा जो कोहीलाई पनि विस्वास गर्न मुस्किल पर्छ नै, तर मेलबर्नमा बिएम डब्लु एजुकेशनल कन्सल्टेन्सीले मेलबर्नमा आफ्नो कोही पनि नभएकाहरुलाई लक्षित गर्दै यस्तो कार्यक्रम बिगत केही बर्षदेखि सन्चालन गर्दै आइरहेको छ ।
हालसम्ममा यो सेवाबाट २०० भन्दा बढी लाभान्वित भैसकेका छन । यो सेवा लिनको लागि सजिलो होस भन्नका निम्ति हालसालै फेसबुक पेज पनि शुरु गरिएको छ । जुन Free Airport Pickup सर्च गर्दा उपलब्ध हुन सक्छ । त्यसमा यो सेवाबाट लाभान्वित आकाश पुन, प्रसन्न कोइरालाले यो सेवा उपलब्ध गराउनेलाई धन्यवाद गर्दै आभार ब्यक्त गरेका प्रतिकृयाहरु देख्न सकिन्छ ।

बिएम डब्लु एजुकेशनल कन्सल्टेन्सीले अहिले यस प्रोजेक्टलाई मेलबर्नमा आफ्नो
कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी अन्तर्गत राखेर सहयोग गरि राखेको छ ।BMW Educational Consultancy मेलबर्नका निर्देशक बिष्णु सापकोटा हामी एजुकेशन कनसल्टेन्सी भएको नाताले हाम्रो दायित्व नेपालमा बिद्यार्थीहरुको भिसा लगाउनेमा मात्र सिमित हुनु हुँदैन, उनीहरु बिल्कुलै फरक बातावरण भएको यस्तो सम्पन्न देशमा आइसकेपछि पनि उनीहरुले सामना गर्नु पर्ने बिभिन्न किसिमका समस्याहरुको न्यूनिकरणका लागि उनीहरुको शुरुवातीका दिनदेखि नै उनीहरुलाई आवश्यकीय सबै किसिमका सकिने जतिका सेवा सुबिधा उपलब्ध गराउनु पनि हाम्रो दयित्व हो भन्नछन् ।
यो त्यही संस्था हो जस्ले अन्य देशबाट अस्ट्रेलिया आएपश्चात काम खोज्ने क्रममा स्थानिय कामको अनुभबबारे सोध्ने, तर सोको अभावका कारण धेरैले शुरुमा काम पाउन धेरै संघर्ष गर्नुपर्ने समस्या झेल्नुपर्ने वास्तबिकतालाई ध्यानमा राखेर नयाँँ आउने विद्यार्थीको लागि निशुल्क बारिस्टा तालिमको ब्यबस्था गर्न शुरु गरेको छ ।
हालसम्म यो सुबिधाबाट ६५१ भन्दा बढी लाभान्वित भैसकेका छन । तालिमको दुई भाग हुनेछन । पहिलो सेसन कफी बनाउन र ग्राहकसंग कसरी व्यबहार गर्ने भन्ने बिषयमा केन्द्रित हुनेछ, भने दोश्रो सेसन अस्ट्रेलिया आएपछिका अत्यावश्यक जानकारीमूलक कुराहरु जस्तै सार्वजनिक यातायात सिस्टम, बायोडाटा बनाउने र काम खोज्ने तरिका,ब्यक्तिगत सुरक्षा, अस्ट्रेलियन ट्याक्स र आपतकालिन अवस्थाका बारेमा जान्नुपर्ने कुराहरुमा केन्द्रित हुनेछ ।
यो त्यही संस्था हो जस्ले अस्ट्रेलियाको मेलबर्नमा क्रिकेट खेलप्रति खेलाडीहरुलाई प्रोत्साहित गर्ने अभिप्रायले गत बर्षदेखि दुई हजार डलर राशीको बिएमडब्लू कप प्रदान गर्न शुरु पनि गरिसकेको छ । बिएम डब्लु एजुकेशनल कन्सल्टेन्सी मेलबर्नका निर्देशक बिष्णु सापकोटा आफू शुरुमा अस्ट्रेलिया आउँदा भोग्न परेका समस्या नयाँँ आउनेहरुले भोग्न नपरोस भन्ने भावनाले यस किसिमका निस्शुल्क सेवाहरुको ब्यबस्था गर्न आफूलाई प्रेरित गरेको बताउछन् ।

सहयोगी भावनाले ओतप्रोत भएर अस्ट्रेलिया जस्तो देशमा आएर पनि आफूले जस्तै नबागन्तुकहरुले दुस्ख भोग्न नपरोस भनी यस किसिमले निस्शुल्क सेवाहरुको ब्यबस्था गर्ने बिएम डब्लु एजुकेशनल कन्सल्टेन्सीर यस्को संपूर्ण टिम धन्यवाद र आभारका लागि योग्य छन र भाषण, देखाउन र नारामा नभएर यथार्थमा नै यसरी सेवा गर्नुको आनन्द गर्नेले मात्रै महसूस गर्न सक्ने भएकोले संपूर्ण टिम सदा सर्बदा आनन्दित भैराखुन् भन्दै लुम्बिनी कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले हार्दिक शुभेच्छा प्रकट गरेका छन् ।

वि.सं.२०७५ फागुन १४ मंगलवार १३:५४ मा प्रकाशित

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार...

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन । यहाँस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति,‘रजिष्ट्रार’...

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

काभ्रेपलाञ्चोक । काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ...