back
CTIZAN AD

आन्द्रिज हाइड्रोले नेपालमा कार्यालय विस्तार गर्ने

वि.सं.२०७३ कात्तिक १८ बिहीवार

846 

shares

काठमाडौँ, १८ कात्तिक । जलविद्युत् गृह निर्माणका लागि उपकरण आपूर्ति गर्ने अन्तर्राष्ट्रिय साझेदार कम्पनी आन्द्रिज हाइड्रोले नेपालमा कार्यालय विस्तार गर्ने उद्देश्यले पहिलो पटक ग्राहक दिवस‘कस्टमर डे’ मनाएको छ ।

‘हाइड्रोपावर सोलुसन फर नेपाल’ नाम दिइएकोे उक्त कार्यक्रमको यहाँ आज आयोजित कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले शुभारम्भ गर्नुभयो । दुई दिनसम्म चल्ने उक्त गोष्ठीले कम्तीमा दुई÷तीन महिनाभित्र नेपालमै यसको कार्यालय खोल्ने कुरा तय गर्ने बताइएको छ ।

अस्ट्रियामा मुख्य कार्यालय रहेको उक्त कम्पनीले विश्वका करिब ६० देशमा आफ्नो कार्यालय विस्तार गरिसकेको छ । विश्वभरमा जलविद्युत् निर्माणका लागि आवश्यक विद्युतीय सामग्री उपलब्ध गराउँदै आएको उक्त कम्पनीले नेपालको कुलेखानी जलविद्युत् परियोजनाका लागि काम गरिसकेको छ ।

यसबाहेक माथिल्लो तामाकोसी, मध्य मस्र्याङ्दीलगायत राष्ट्रिय गौरवका मुख्य आयोजनासहित करिब १००० मेघावाटका लागि आन्द्रिजको सहकार्य छ । जसमध्ये १२० मेघावाटको काम भइसकेको छ ।

उपप्रधान तथा अर्थमन्त्री महराले आन्द्रिजको कार्यालय विस्तारले नेपालमा जलविद्युत् लगानीको सम्भावनामा वृद्धि हुने बताउँदै यसका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताउनुभयो । रासस

वि.सं.२०७३ कात्तिक १८ बिहीवार ०९:४५ मा प्रकाशित

बैंकहरुमा नयाँ ब्याजदर लागू , ६ वटाले घटाए ब्याजदर

बैंकहरुमा नयाँ ब्याजदर लागू , ६ वटाले घटाए ब्याजदर

काठमाडौं । नेपालका वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर...

सामान्य अंकले बढ्यो नेप्से

सामान्य अंकले बढ्यो नेप्से

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज...

सामसुङले ग्यालेक्सी बड्स४ प्रो सार्वजनिक

सामसुङले ग्यालेक्सी बड्स४ प्रो सार्वजनिक

काठमाडौं । Samsung ले नयाँ वायरलेस इयरबड Samsung Galaxy Buds4...

सुनचाँदीको मूल्य आज पनि घट्यो

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौँ ।  शुक्रवारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १ चैत ः नेपाल राष्ट्र बैंकले आज (आइतबार) का...