back
CTIZAN AD

समायोजनबाट पनि कर्मचारीको समस्या समाधान नभएको मुख्यमन्त्रीको भनाई

वि.सं.२०७५ फागुन १४ मंगलवार

741 

shares

१४ फागुन, बेत्रावती । प्रदेश नं–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश र स्थानीय तहको कार्यालयमा जारी रहेको कर्मचारी अभाव कर्मचारी समायोजनपछि पनि कायमै रहने देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

नुवाकोट भ्रमणको क्रममा आज विदुरमा जिल्लाका सरकारी कार्यालय प्रमुखहरुसँगको अन्तक्र्रियामा सहभागीले कर्मचारी अभावमा कार्य सञ्चालन गर्न अप्ठ्यारो भएको गुनासो गरेपछि मुख्यमन्त्री पौडेलले समाधानको लागि समायोजन प्रक्रिया सोचेपनि समस्या झनै बल्झिने सङ्केत देखिएको बताए ।

उनले भने, “कार्यक्षेत्र रोज्ने कर्मचारी पनि सङ्घअन्तर्गतका कार्यालयमा जान पहिलो प्राथमिकता दिने र परिचालन पनि सोहीअनुसार हुने देखिएकाले समायोजनपश्चात पनि प्रदेश र स्थानीय तहमा कायम रहेको कर्मचारी अभाव उस्तै हुने देखिएको छ ।”

समायोजनपछि अभाव हुने कर्मचारी स्वतन्त्र (करार सेवा) बाट भर्ना गर्ने सोच बनाएकाले त्यसको लागि प्रदेश सरकार कानूनी परामर्शको क्रममा रहेको उनले बताए । “शान्ति सुरक्षा कायम गराउन र जनतालाई अमनचयन दिन अभाव भएको स्थानमा प्रहरी एकाइका भवन, सडक निर्माणलगायतका जिम्मेवारी प्रदेश सरकारले लिएको छ तर काम गर्न कर्मचारी र कानून अभावले केहीलाई सङ्घलाई फिर्ता गर्न बाध्य भएकाले सङ्घीयता कार्यान्वयन कमजोर अवस्थामा जानसक्ने देखिएको भन्दै मुख्यमन्त्री पौडेलले चिन्ता जनाए ।

नुवाकोटमा रहेको त्रिशूली अस्पताल, स्वास्थ्य कार्यालय, भेटनरी अस्पताल, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय तथा सबैजसो स्थानीय तहबाट मुख्य मन्त्रीसँगको अन्तक्र्रियामा सहभागी प्रतिनिधिले कर्मचारी र कानूनको अभावमा कार्यसम्पादन निराशाजनक रहेको र सेवा खस्कदै गएको भन्दै ध्यानाकर्षण गराएका थिए ।

सोही क्रममा प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जिल्लाको शान्ति सुरक्षा, जनतालाई प्रवाह हुँदै आएको सेवा, तीन तहको सरकारबीच भइरहेको समन्वय एवं त्यसक्रममा उत्पन्न समस्याको बारेमा मुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।

वि.सं.२०७५ फागुन १४ मंगलवार १६:०७ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...