back
CTIZAN AD

प्रचारप्रसारका लागि दुई करोड पचास लाख अमेरिकी डलर खर्च गर्ने ट्रम्पको तयारी

वि.सं.२०७३ कात्तिक १८ बिहीवार

945 

shares

trumph-pic

१८ कात्तिक,मिसिगन (संयुक्त राज्य अमेरिका)  । निर्वाचन अभियानका पछिल्ला दिनहरुमा केही शिथिल हुँदै गएका उम्मेदवार डोनाल्ड ट्रम्पले विज्ञापन र प्रचारप्रसारमा खर्च ह्वात्तै बढाउने भएका छन् ।
उनले डेमोक्र्याटिक पार्टीप्रति झुकाव राख्ने राज्यहरुका जनताको मत तान्ने वा क्लिन्टनको भोट काट्ने प्रयास स्वरुप मिसिगन र न्यु मेक्सिकोमा तत्कालै यस्तो गर्ने निधो गरेका हुन् ।
निर्वाचनको तिथिमिति नजिकिँदै जाँदा कार्यकर्ताहरुबीच थप उर्जा तथा उत्साह सञ्चारित गर्न हाल चर्चामा रहेको, विपक्षी हिलारी क्लिन्टनको “इमेल प्रकरण” लाई ट्रम्पले उछालिरहेका जनाइएको छ ।
साथै, मिसिगन, न्यु मेक्सिकोमा लगायत डेमोक्र्याटिक पार्टीप्रति झुकाव राख्ने ११ राज्यहरुमा निर्वाचनपूर्वको अन्तिम दिनसम्ममा बिज्ञापन तथा प्रचारप्रसार कार्य र सामाग्रीमा दुई करोड पचास लाख अमेरिकी डलर खर्च गरिने बताएका छन् ।
उनले गतः अगस्ट महिनाको अन्त्यतिरदेखि सेप्टेम्बरको शुरुशुरु मै मिसिगन राज्यमा मात्र करिब पाँचलाख अमेरिकी डलर बिज्ञापनमा खर्च गरिसके ।
सन् १९८८ देखि नै मिसिगन राज्यले रिपब्लिकन उम्मेदबारलाई बहूमत दिएर जिताएको छैन । त्यस्तै, सन् २००८ र २०१२ को निर्वाचनमा दुबै पटक वर्तमान राष्ट्रपति बाराक ओबामाले न्यु मेक्सिको राज्यबाट अत्यधिक बहूमत प्राप्त गर्नु भएको थियो ।
ट्रम्पले निर्वाचनमा विजयी हुनका लागि “राष्ट्रपति पदका लागि मात्र दिन पाइने मत” (इलेक्टोरल भोट) को उल्लेख्य अंश डेमोक्र्याटिक पार्टीको परम्परागत गढबाट नहत्याइ हुँदैन । तर, निर्वाचनपूर्वका सर्वेक्षण र प्रारम्भिक अनुमानले देखाए अनुसार यो कार्य अत्यन्तै कठीन छ । रासस /एपी

वि.सं.२०७३ कात्तिक १८ बिहीवार १०:४९ मा प्रकाशित

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...