back

प्रचारप्रसारका लागि दुई करोड पचास लाख अमेरिकी डलर खर्च गर्ने ट्रम्पको तयारी

वि.सं.२०७३ कात्तिक १८ बिहीवार

441 

shares
GLOBAL IME AD
NTC AD

trumph-pic

१८ कात्तिक,मिसिगन (संयुक्त राज्य अमेरिका)  । निर्वाचन अभियानका पछिल्ला दिनहरुमा केही शिथिल हुँदै गएका उम्मेदवार डोनाल्ड ट्रम्पले विज्ञापन र प्रचारप्रसारमा खर्च ह्वात्तै बढाउने भएका छन् ।
उनले डेमोक्र्याटिक पार्टीप्रति झुकाव राख्ने राज्यहरुका जनताको मत तान्ने वा क्लिन्टनको भोट काट्ने प्रयास स्वरुप मिसिगन र न्यु मेक्सिकोमा तत्कालै यस्तो गर्ने निधो गरेका हुन् ।
निर्वाचनको तिथिमिति नजिकिँदै जाँदा कार्यकर्ताहरुबीच थप उर्जा तथा उत्साह सञ्चारित गर्न हाल चर्चामा रहेको, विपक्षी हिलारी क्लिन्टनको “इमेल प्रकरण” लाई ट्रम्पले उछालिरहेका जनाइएको छ ।
साथै, मिसिगन, न्यु मेक्सिकोमा लगायत डेमोक्र्याटिक पार्टीप्रति झुकाव राख्ने ११ राज्यहरुमा निर्वाचनपूर्वको अन्तिम दिनसम्ममा बिज्ञापन तथा प्रचारप्रसार कार्य र सामाग्रीमा दुई करोड पचास लाख अमेरिकी डलर खर्च गरिने बताएका छन् ।
उनले गतः अगस्ट महिनाको अन्त्यतिरदेखि सेप्टेम्बरको शुरुशुरु मै मिसिगन राज्यमा मात्र करिब पाँचलाख अमेरिकी डलर बिज्ञापनमा खर्च गरिसके ।
सन् १९८८ देखि नै मिसिगन राज्यले रिपब्लिकन उम्मेदबारलाई बहूमत दिएर जिताएको छैन । त्यस्तै, सन् २००८ र २०१२ को निर्वाचनमा दुबै पटक वर्तमान राष्ट्रपति बाराक ओबामाले न्यु मेक्सिको राज्यबाट अत्यधिक बहूमत प्राप्त गर्नु भएको थियो ।
ट्रम्पले निर्वाचनमा विजयी हुनका लागि “राष्ट्रपति पदका लागि मात्र दिन पाइने मत” (इलेक्टोरल भोट) को उल्लेख्य अंश डेमोक्र्याटिक पार्टीको परम्परागत गढबाट नहत्याइ हुँदैन । तर, निर्वाचनपूर्वका सर्वेक्षण र प्रारम्भिक अनुमानले देखाए अनुसार यो कार्य अत्यन्तै कठीन छ । रासस /एपी

वि.सं.२०७३ कात्तिक १८ बिहीवार १०:४९ मा प्रकाशित

ट्रम्प र पुटिनबीच युक्रेनबारे मङ्गलबार छलफल हुने

ट्रम्प र पुटिनबीच युक्रेनबारे मङ्गलबार छलफल हुने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका...

विमानमा अवतरणका क्रममा इन्जिनमा आगलागी हुँदा १२ जना घाइते

विमानमा अवतरणका क्रममा इन्जिनमा आगलागी हुँदा १२ जना घाइते

वासिङ्टन । अमेरिकाको कोलोराडोस्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार अवतरण गर्ने...

चीनद्वारा अमेरिकी व्यापार तनाव समाधानका लागि ‘वार्ता’ आह्वान

चीनद्वारा अमेरिकी व्यापार तनाव समाधानका लागि ‘वार्ता’ आह्वान

बेइजिङ । विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रले एक अर्काको आयातमा...

चीनले यस हप्ता रुस र इरानलाई आणविक वार्ताका लागि आतिथ्य गर्ने

चीनले यस हप्ता रुस र इरानलाई आणविक वार्ताका लागि आतिथ्य गर्ने

बेइजिङ । चीनले शुक्रबार तेहरानको आणविक कार्यक्रमबारे त्रिपक्षीय वार्ताका लागि...

रेल बन्धक मुक्त गर्न पाकिस्तानको ‘पूर्ण-स्तर’ को अपरेसन

रेल बन्धक मुक्त गर्न पाकिस्तानको ‘पूर्ण-स्तर’ को अपरेसन

सिबी (पाकिस्तान) । पाकिस्तानी सुरक्षा बलले बुधबार पहाडी दक्षिणपश्चिममा विद्रोहीहरूद्वारा...

फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टे लागुऔषध हत्या प्रकरणमा पक्राउ

फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टे लागुऔषध हत्या प्रकरणमा पक्राउ

मनिला । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेलाई मानवता विरुद्धको अपराधको मुद्दामा...