back
CTIZAN AD

कँग्रेस नेता राहुल, सिसोडिया पक्राउ

वि.सं.२०७३ कात्तिक १८ बिहीवार

1.2K 

shares

१८ कात्तिक नयाँ दिल्ली (भारत) । भारतीय कँग्रेसका नेता राहुल गान्धी र दिल्लीका उप–मुख्यमन्त्री मनिस सिसोडियालाई भारतीय सुरक्षाकर्मीले आरएमएल अस्पताल परिसर, दिल्लीबाट बुधबार पक्राउ गरेको छ ।

उहाँहरु ओआरएपी मुद्दापछि आत्महत्या गरेको भनिएका पूर्व कर्मचारीका आफन्तजनलाई भेट्न आरएमएल अस्पताल पुग्नुभएकोमा कँग्रेस नेता राहुललाई अस्पताल परिसरभित्र सुरक्षाकर्मीले पस्न नदिएको बताइएको छ ।

उक्त असवरमा नेता गान्धीले मोदी सरकारविरुद्ध व्यापक आलोचना गर्दै पत्रकारसँग भन्नुभयो, ‘के प्रजातान्त्रिक व्यवस्थामा विश्वास गर्ने सरकारले यसरी काम गर्नु राम्रो हो ?’

यसैबीच गान्धीलाई नियन्त्रणमा लिएपछि प्रतिक्रिया दिदै अस्पतालमा हुने स्वास्थ्य सेवालाई रोकिन नदिनु सुरक्षाकर्मीको जिम्मेवारी भएको भारतीय उच्च प्रहरी अधिकृत एम के मीनाले भन्नुभयो । “हामी दिल्लीमा अस्पतालभित्र कुनै पनि राजनीति हुन दिन्नौँ । प्रजातन्त्र भनेको स्वास्थ्य सेवालाई विनाविवाद सञ्चालन हुन दिनु होइन र ?”

मीनाले कँग्रेस नेता गान्धीलाई मन्दिर मार्ग प्रहरी स्टेसनमा राखिएको जानकारी गराउनुुभयो ।

यसैबीच दिल्लीका उप–मुख्यमन्त्री सिसोडियाले भने अस्पतालभित्र प्रवेश गरी मृतकका आफन्तजनलाई भेट गर्नु भई बाहिर निस्किने क्रममा उहाँलाई पक्राउ गरिएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार सिसोडिया सर्वसाधारणको एउटा गाडीमा गई मृतकका आफन्तजनलाई भेट्नुभएको हो । रासस÷पीटीआई

वि.सं.२०७३ कात्तिक १८ बिहीवार १०:५१ मा प्रकाशित

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...