back
CTIZAN AD

भारत र पाकिस्तानलाई अत्यधिक संवेदनशील बन्न ईयूको आग्रह

वि.सं.२०७५ फागुन १५ बुधवार

618 

shares

१५ फागुन, ब्रसेल्स, बेल्जियम ।  भारतले पाकिस्तान अधिनस्थ काश्मिरी इलाकामा मङ्गलबार हवाई आक्रमण गरेपछि युरोपेली सङ्घ (ईयू) ले दुवै एशियाली मुलुकलाई ‘अत्यधिक संयमता अपनाउन’ आग्रह गरेको छ ।

भारतीय युद्धक विमानले पाकिस्तानी क्षेत्रमा रहेको आश्रयस्थल बनाउँदै आएको बताइने मौलाना अजहरको नेतृत्वमा रहेको लडाकू समूह जैस ए–मोहम्मदको शिविरमा आक्रमण गरेपछि आणविक हतियार सम्पन्न नयाँ दिल्ली र इश्लामाबादबीच तनाव चर्किने सम्भावनालाई मध्यनजर गर्दै ईयूको उक्त भनाइ आएको हो ।

केही दिन पहिले काश्मिरमा सङ्घर्षरत जैस ए–मोहम्मद समूहले भारतीय सैनिकमाथि आत्मघाती आक्रमण गरी यसको जिम्मेवारी लिएको थियो । बदलामा भारतले मङ्गलबार बिहानै पाकिस्तानी क्षेत्रमा आक्रमण गरेको भारतीय अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

मौलाना पाकिस्तानमै रहेकाले भारतले उनलाई भारतसमक्ष सुपुर्दगी गर्न आग्रह गर्नुका साथै पाकिस्तानविरुद्ध अन्तर्राष्ट्रिय कूटनीतिक दबाब सिर्जना गरिरहेको छ ।

ईयू प्रवक्ता माजा कोसिजान्सिकले सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो, “हामी दुवै मुलुकसँग सम्पर्कमा रहेका छौँ । हामीले के विश्वास गरेका छौँ भने दुवै मुलुकले ‘अत्यधिक संयमता अपनाउन’ र स्थितिलाई थप तनावतिर जान नदिन जरूरी छ ।”

वि.सं.२०७५ फागुन १५ बुधवार ११:१० मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...