back
CTIZAN AD

ब्रेक्जिटलाई पछि सार्ने विषयमा संसद्बाट निर्णय लिइने : प्रधानमन्त्री मे

वि.सं.२०७५ फागुन १५ बुधवार

648 

shares

१५ फागुन, लण्डन, बेलायत ।  आफूले युरोपेली युनियन (ईयू) सँग गरेको सम्झौतालाई अनुमोदन पनि नगर्ने र ईयूबाट सम्झौताहिन बहिर्गमन गर्नुपर्ने सम्भावना देखिएमा ब्रेक्जिटलाई पछि सार्ने वा नसार्ने विषयमा निर्णय लिन आफूले संसद्को सहारा लिने प्रधानमन्त्री टरिजा मेले मङ्गलबार बताउनुभएको छ ।

“यदि ती दुवै विकल्प अस्वीकृत भएमा सरकारले आगामी मार्च १४ मा संसद्मा धारा ५० अन्तर्गत तोकिएको बहिर्गमन प्रक्रियालाई छोटो तर निश्चित समयका लागि पर सार्र्न मतदानमार्फत सांसदबाट अनुमति लिने निर्णय मेरो रहेको छ,” प्रधानमन्धी मेले भने ।

उनले भने,“बहिर्गमन प्रक्रियामा हुने ढिलाइ आगामी जुनसम्मका लागि पछि सार्नेबारे संसदमा छलफल गरिनेछ ।”

युरोपेली युनियन (ईयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) विषयमा यस साता संसद्मा हुने भनिएको मतदान केही पर सर्नसक्ने बेलायतकी प्रधानमन्त्री टरिजा मेले दुई दिन पहिले बताएका थिए ।

प्रधानमन्त्री मेले इजिप्टमा हुने युरोपेली तथा अरब मुलुकका नेताहरूको सम्मेलनमा सहभागी हुन जाने क्रममा भने, “मतदानको दिन केही पर सर्ने सम्भावना भए पनि आगामी मार्च १२ सम्ममा संसद्मा मतदान गरिनेछ ।”

वि.सं.२०७५ फागुन १५ बुधवार ११:१८ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...