back

हुवावेले ‘गलत कुरा गरेको छैन’ : अध्यक्ष कोअ पिङ

वि.सं.२०७५ फागुन १५ बुधवार

360 

shares
GLOBAL IME AD
NTC AD

१५ फागुन, बार्सिलोना, स्पेन ।   हुवावेले कुनै गलत काम नगरेको चिनियाँ प्रसिद्ध टेलिकम कम्पनीका अध्यक्ष कोअ पिङले बार्सिलोनामा भएको मोबाइल वर्ड कङ्ग्रेसमा मङ्गलबार बताएका छन् ।

साइबर सुरक्षाबारे छलफलका लागि गरिएको बहसमा उहाँले भन्नुभयो, “हुवावेमाथि अनर्गलरूपमा आरोप लगाइएको र यसबाट कम्पनीको ख्यातिमा समस्या आएकोे छ ।” साइबर सुरक्षाबारे अमेरिकालगायतका कतिपय मुलुकले कम्पनीमाथि फाइभ–जी प्रविधिको सञ्जाल निर्माणमा आशङ्का व्यक्त गरेर पश्चिमी मुलुकहरूमा अफवाह फैलाएको भन्ने चिनियाँ अधिकारीहरूले दाबी गर्दै आएका छन् ।

फाइभ–जी तथा अत्यधिक उच्चगतिको सम्पर्क क्षमता राख्ने हुवावेका प्रबिधिका कारण इन्टरनेट, डिजिटल अर्थतन्त्र, आधुनिक कारमा यसको प्रयोगका लागि कतिपय मुलुकहरूले उत्सुकता देखाइरहेका समय आएका साइबर सुरक्षाबारेका चेतावनीका कारण हुवावेका फाइभ–जी सेवा जोड्न आनाकानी भइरहेको छ ।

एमडब्लूसी २०१९ मा बोल्नुहुँदै कुओ पिङले सुरक्षा खतराबारेका डरलाई साम्य गर्ने प्रयासमा उहाँले भन्नुभयो, “हामी सबैले विश्वास गर्ने प्रणालीको निर्माण गर्न हामीबीच सहकार्यको खाँचो छ । सङ्गठित मापदण्ड र प्रष्ट नियमको आवश्यकता छ ।”

“हामीले गर्वसाथ भन्न सक्छौँ कि फाइभ–जी फोर–जी प्रबिधिभन्दा सुरक्षित छ । हुवावेले अमेरिकी सरकारले भनेजस्ता कुनै बौद्धिक सम्पत्तिसम्बन्धी कानूनको उल्लङ्घन पनि नगरेको र कुनै जासुसी कार्यमा पनि सम्लग्न नभएको उनले बताए । एउटा कम्पनी भएको नाताले उसले व्यवसायिक मूल्यमान्यतालाई सधै आत्मसात गर्ने उनको दाबी थियो ।

वि.सं.२०७५ फागुन १५ बुधवार ११:२३ मा प्रकाशित

चीनको डिजिटल क्षेत्रमा तीव्र वृद्धि : १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

चीनको डिजिटल क्षेत्रमा तीव्र वृद्धि : १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

बेइजिङ । चीनमा निजी क्षेत्रको विस्तार उल्लेखनीय रूपमा बढेको छ...

पोप फ्रान्सिसको निधन : भ्याटिकन

पोप फ्रान्सिसको निधन : भ्याटिकन

भ्याटिकन सिटी । पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन...

इस्टर युद्धविरामपछि रुसले पुनः हवाई आक्रमण सुरु गर्यो : युक्रेन

इस्टर युद्धविरामपछि रुसले पुनः हवाई आक्रमण सुरु गर्यो : युक्रेन

किएभ । मस्को र किएभले एकअर्कामाथि इस्टर युद्धविराम उल्लङ्घन गरेको...

बढ्यो चीनको विद्युत् उत्पादन क्षमता

बढ्यो चीनको विद्युत् उत्पादन क्षमता

बेइजिङ । चीनको कुल विद्युत् उत्पादन क्षमता चालु वर्षको सन्...

अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण

अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण

न्युयोर्क । हजारौँ प्रदर्शनकारीले शनिबार न्यूयोर्क, वासिङ्टन र संयुक्त राज्य...

सयौँ युक्रेनी सैनिकको शव प्राप्त गरेको किएभको भनाइ

सयौँ युक्रेनी सैनिकको शव प्राप्त गरेको किएभको भनाइ

किएभ ।  किएभले शुक्रबार रुससँगको युद्धमा मारिएका सयौँ युक्रेनी सैनिकको...