back
CTIZAN AD

मकै पकेट क्षेत्र घोषणा

वि.सं.२०७५ फागुन १५ बुधवार

1.7K 

shares


१५ फागुन, खस्यौली । नगरपालिकालाई मकैमा आत्मनिर्भर बनाउने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१२ लाई मकै पकेट क्षेत्र घोषणा गरिएको छ । मकै खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने गरी नगरपालिकाले यो वडालाई मकै पकेट क्षेत्र घोषणा गरेको हो ।

नगरभित्र झण्डै ७० प्रतिशत खेतीयोग्य जमीन छ । नगर प्रमुख वासुदेव घिमिरेले वडा नम्बर १२ को विष्णुपुरामा कृषक समूहलाई प्रविधि हस्तान्तरण गरेर कार्यक्रमको शुरुआत गर्दै नगरलाई प्रमुख खाद्य र नगदेबालीमा आत्मनिर्भर बनाउने गरी काम अघि बढाइएको बताए ।

यसअघि नगरपालिका–१४ लाई तरकारी पकेट क्षेत्र घोषणा गरिसकेको छ । किसानको सहजीकरणका लागि नगरपालिकाले त्यहाँ एक जना प्राविधिकको छुट्टै व्यवस्थापन गरेको छ ।

कृषि प्राविधिक पकेट क्षेत्रमा वर्षायाममा धान काटेपछि दुई याममा मकै लगाउन सकिने बताउँछन् । नगर प्रमुख घिमिरेले जमिनको राम्रो तयारी गरेर मात्र मकै लगाउन किसानलाई आग्रह गरेका छन् । १२ नम्बर वडाको कम्तीमा २५ बिघा क्षेत्रफलमा पकेट क्षेत्रका रुपमा यसपटक मकै बाली लगाइनेछ ।

यहाँ लगाइने मकै उन्नत जातको हुने र उक्त मकैको हरेक बोटमा दुई वटा घोगा लाग्नेछन् । उक्त मकै ८० देखि ९० दिनसम्म तयार हुनेछ । सो अवसरमा कृषि सञ्जालका अध्यक्ष शारदा काफ्लेलाई कृषि प्रविधि हाते १८ एचपी ट्रयाक्टर, सिट ड्रिलर, मकैको बीउ, मल र कर्न सिलर (मकै छोडाउने मेशिन) समेत हस्तान्तरण गरिएको छ ।

नगरपालिकाले मकैको बीउमा शतप्रतिशत र अन्य उपकरणमा ९० प्रतिशत अनुदान दिएको बताएको छ । साथै सोही क्षेत्रमा सिँचाइका लागि दुई वटा बोरिङ पनि जडान गरिने नगरपालिकाका कृषि शाखा प्रमुख जीवन आचार्यले जानकारी दिए । नगर उपप्रमुख जागेश्वरी चौधरीले नगरपालिकाले किसानमैत्री कार्यक्रम ल्याउँदै जाने बताउँदै उत्पादित कृषि वस्तुको बजारीकरणमा समेत नगरपालिकाले सघाउने बताए ।

वि.सं.२०७५ फागुन १५ बुधवार १७:४६ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...