१६ फागुन, काठमाडौ । कांग्रेसले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट भइरहेका हिंसात्मक गतिविधिबारे सरकार र सत्तारुढ नेकपाको स्पष्ट दृष्टिकोण माग गरेको छ । राष्ट्रिय सभाको बैठकमा बुधबार सांसद जितेन्द्रनारायण देवले नेपाली राजनीतिमा प्रवेश गर्न लागेको हिंसा र आतंकलाई सत्ताधारी पार्टीले गम्भीरतापुर्वक नलिए मुलुक फेरी द्धन्द्धमा फस्ने चिन्ता गरे ।
विप्लवको पार्टीप्रतिको दृष्टिकोण के हो ? त्यसबारे सरकार तथा नेकपाको दृष्टिकोण अविलम्ब आउनुपर्छ । सरकार स्पष्ट हुन जारी छ, उनले भने, सतही रुपमा कात्रै हेरियो भने नेपालको फेरी दर्दीन आउन सक्छ । उनले विप्लवलाई लिएर सरकार र नेकपाको नेतृत्वमा सैद्धान्तिक अन्योल देखीएको दाबी गरे । बिहीबारको कान्तिपुर दैनिक बाट ।
वि.सं.२०७५ फागुन १६ बिहीवार ०८:०९ मा प्रकाशित





























