back
CTIZAN AD

तराई–मधेस अलगै र पहाड अलगै हुनुपर्ने माग गलत: वरिष्ठ नेता खनाल

वि.सं.२०७३ कात्तिक १८ बिहीवार

906 

shares

jhalanath-khanal

१८ कात्तिक, जनकपुरधाम  । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले तराई–मधेस अलगै र पहाड अलगै हुनुपर्ने माग गलत भएको धारणा व्यक्त गर्नुभएको छ ।

नेकपा (एमाले) प्रदेश नं २ कमिटीद्वारा आज सो पार्टीको मिथिला भवन जनकपुरधामको परिसरमा आयोजित शुभकामना र चियापान समारोहलाई सम्बोधन गर्दै उहाँले पहाड र तराई–मधेस इतिहासदेखि नै एक रहेकाले यहाँ बसोबास गर्ने सबै एकताबद्ध भएर अगाडि बढनुपर्ने खाँचो औँल्याउनुभयो ।

एमालेका पूर्वअध्यक्ष समेत रहनुभएका पूर्वप्रधानमन्त्री खनालले वर्तमान संविधान लोकतान्त्रिक, देशभक्तिपूर्ण, प्रगतिशील र समाजवादतर्फ उन्मुख गराउने मूल चरित्र बोकेकाले यसको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले संविधान संशोधन गर्ने पक्षमा छ भन्दै संशोधनले नयाँ समस्या सिर्जना नहुने किसिमले सहमतिको बिन्दु खोज्नु आवश्यक छ, भन्नुभयो ।

एमाले मधेसीको अधिकार र पहिचानको पक्षधर भएको चर्चा गर्दै उहाँले मधेसको हितका लागि सधै अग्रसर रहेको आफ्नो पार्टीलाई मधेस विरोधी भएको प्रचारमा सत्यता नभएको प्रसङ्ग उल्लेख गनुभयो ।

महासचिव ईश्वर पोखरेलले एमाले संविधान संशोधनको पक्षमा भए पनि के कहाँ संशोधन गर्ने कुराको अस्पष्टताका कारणले समस्या देखिएको छ भन्नुभयो ।

प्रदेशका संयोजक सत्यनारायण मण्डलको अध्यक्षता भएको सो कार्यक्रममा सांसद शत्रुधन महतो र डा वंशीधर मिश्रले एमाले मधेसको उचित मुद्दाको संशोधनका पक्षमा भएको धारणा व्यक्त गर्नुभयो । रासस

वि.सं.२०७३ कात्तिक १८ बिहीवार ११:५८ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...